१ हजार ७ सय ६० कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा « Khabarhub

१ हजार ७ सय ६० कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राष्ट्रिय सर्तकता केन्द्रको अनुगमनक क्रममा एक हजार ७ सय ६० कर्मचारी कारबाहीमा परेका छन् ।

केन्द्रका अनुसार चालू आर्थिक वर्ष सुरुवातदेखि मंसिर मसान्तसम्म स्थानीय तहका विभिन्न १ सय ६७ कार्यालयमा गरेका अनुगमनबाट कारबाही सिफारिस गरिएको हो ।

अनुगमनक्रममा १ हजार ४ सय ४५ कर्मचारीले समय पालना नगरेको र ३ सय १५ ले तोकिएको पोसाक नलगाएको पाइएको छ ।

केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालका अनुसार सिफारिस भएकामध्ये ५ सय २४ जनालाई मात्र कारबाही भएको छ ।

सिफारिस गरेका कर्मचारीलाई सम्बन्धित कार्यालयलाई कारबाहीका लागि सिफारिस गर्ने केन्द्रले धेरै कार्यालयले कर्मचारीलाई कारबाहीमा ढिलाइ गरेको भन्दै कार्यालय प्रमुखलाई नै सिफारिस गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ८ : ०६ बजे

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।