बहुउपयोगी बन्दागोबी, दिमाग तेजिलो पार्नेदेखि वजन घटाउनसम्म « Khabarhub

बहुउपयोगी बन्दागोबी, दिमाग तेजिलो पार्नेदेखि वजन घटाउनसम्म


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बन्दागोबी स्वास्थ्य बन्न उपयोगी देखिन्छ। यसमा पाइने विभिन्न तत्वले शरीर व्यवस्थापनसहित विभिन्न रोगसँग लड्ने क्षमताको विकास गर्न सहयोग गर्छ ।

बन्दागोबीमा पाइने भिटामिन–के र एन्थोक्यानिन्स जस्ता तत्वले दिमाग तेजिलो बनाउन मद्दत पुग्छ । यस्ता तत्वले स्नायुलाई खराब हुनबाट जोगाउने र अल्जाइमर जस्ता बिर्सिने रोगसँग लड्ने क्षमतासमेत बढाउने गर्छ ।

बन्दागोबीमा कार्बोहाइड्रेट र फ्याट कम तथा फाइबर बढी हुने भएकाले वजन घटाउने खोज्नेहरूका लागि यो लाभदायक हुन्छ । चिल्लो छाला हुने र डन्डीफोर आइरहने समस्या छ भने बन्दागोभीको तरकारी, सलाद खादि खाइरहने गर्नुपर्छ । यसमा पाइने सल्फरले छालासँगै कपाल र नङलाई पनि सुन्दर बनाउँछ ।

बन्दागोबीमा पाइने लुपिओल, सिनिग्रिन र सल्फोराफेन जस्ता तत्वले शरीरभित्र क्यान्सरको ट्युमर बढ्ने जोखिम कम गर्छ । बन्दागोबी खाइरहने महिलामा स्तन क्यान्सर देखापर्ने जोखिम कम रहेको अध्ययनबाट पुष्टि भइसकेको छ ।

बन्दागोबीमा पोटासियम प्रचुर मात्रामा पाइने भएकाले यसले रक्तवाहिनी नलीहरूलाई सुचारु राखी रगतको बहावलाई नियमित गरिदिन्छ, जसले गर्दा रक्तचाप थपघट हुने जोखिम घट्छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ८ : १३ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै