बहुउपयोगी बन्दागोबी, दिमाग तेजिलो पार्नेदेखि वजन घटाउनसम्म « Khabarhub

बहुउपयोगी बन्दागोबी, दिमाग तेजिलो पार्नेदेखि वजन घटाउनसम्म


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बन्दागोबी स्वास्थ्य बन्न उपयोगी देखिन्छ। यसमा पाइने विभिन्न तत्वले शरीर व्यवस्थापनसहित विभिन्न रोगसँग लड्ने क्षमताको विकास गर्न सहयोग गर्छ ।

बन्दागोबीमा पाइने भिटामिन–के र एन्थोक्यानिन्स जस्ता तत्वले दिमाग तेजिलो बनाउन मद्दत पुग्छ । यस्ता तत्वले स्नायुलाई खराब हुनबाट जोगाउने र अल्जाइमर जस्ता बिर्सिने रोगसँग लड्ने क्षमतासमेत बढाउने गर्छ ।

बन्दागोबीमा कार्बोहाइड्रेट र फ्याट कम तथा फाइबर बढी हुने भएकाले वजन घटाउने खोज्नेहरूका लागि यो लाभदायक हुन्छ । चिल्लो छाला हुने र डन्डीफोर आइरहने समस्या छ भने बन्दागोभीको तरकारी, सलाद खादि खाइरहने गर्नुपर्छ । यसमा पाइने सल्फरले छालासँगै कपाल र नङलाई पनि सुन्दर बनाउँछ ।

बन्दागोबीमा पाइने लुपिओल, सिनिग्रिन र सल्फोराफेन जस्ता तत्वले शरीरभित्र क्यान्सरको ट्युमर बढ्ने जोखिम कम गर्छ । बन्दागोबी खाइरहने महिलामा स्तन क्यान्सर देखापर्ने जोखिम कम रहेको अध्ययनबाट पुष्टि भइसकेको छ ।

बन्दागोबीमा पोटासियम प्रचुर मात्रामा पाइने भएकाले यसले रक्तवाहिनी नलीहरूलाई सुचारु राखी रगतको बहावलाई नियमित गरिदिन्छ, जसले गर्दा रक्तचाप थपघट हुने जोखिम घट्छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ८ : १३ बजे

राष्ट्रपतिले ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो

काठमाडौं– नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज

विपद् प्रभावित जलविद्युत आयोजनाको उद्धारबारे सुरक्षा निकायको ब्रिफिङ

काठमाडौं– रसुवा बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा भइरहेको खोज

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने