आजको मौसम : तराईमा बाक्लो हुस्सु, हिमाली क्षेत्रमा हिमपात | Khabarhub Khabarhub

आजको मौसम : तराईमा बाक्लो हुस्सु, हिमाली क्षेत्रमा हिमपात


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज बिहानैदेखि चिसो बढेको छ । तराईंका जिल्लामा बाक्लो हुस्सु लागेको छ भने हिमाली क्षेत्रमा हिमपात भएको छ । पहाडी क्षेत्रमा पनि चिसो सिरेटो चलेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकि भू-भागमा सामान्यतया सफा मौसम छ। तराईका भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

पश्चिम तराईमा अहिले बाक्लो हुस्सु र कुहिरो लागेको छ । यो दिउँसोसम्ममा हट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै मध्य तथा पूर्वी तराईको बाक्लो हुस्सु र कुहिरो पनि दिउँसो हट्ने छ । आगामी २४ घण्टा सम्म तराईका भु-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरो रहेकोले राम्रो सँग घाम नलाग्ने हुँदा तापक्रममा गिरावट आई चिसो नै रहने देखिएको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस ८ गते (मंगलबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ।

पुस ९ गते (बुधबार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ।

राति : देशभर सामान्यतया मौसम सफा रहनेछ।

पुस १० गते (बिहिबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ९ : ५५ बजे

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार