१४ भाषा जान्ने चराको रोचक कथा « Khabarhub

१४ भाषा जान्ने चराको रोचक कथा


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना व्यापारी कामको दौरानमा अफ्रिका जान्छन् । त्यहाँ उनले थाहा पाउछन् कि १४ भाषा बोल्ने चरा किन्न पाइन्छ । तर मुल्य भने १ लाख डलर ।

उनी धनी थिए । त्यसैले उनले त्यस अजीव चरालाई अफ्रिकाको कोसेली स्वरुप किनेर पार्सल गरी घर पठाए ।

काम सकेर घर पुग्नासाथ उनले श्रीमतीलाई सोधे, ‘मैले अफ्रिकाबाट पठाएको त्यो दुर्लभ चरा खोई हँ ?’

श्रीमती मस्किँदै भन्छिन्, ‘ए, हजुरकै लागि त्यसकै तरकारी बनाएको छु मैले ।’

श्रीमतीको कुरा सुनेपछि छाँगाबाट खसेझै हुन्छन् त्यी व्यापारी । झोक्किदै श्रीतमीलाई भन्छन्, ‘धत्तेरी तैले सत्यनाश पारिस् । १४ भाषा जान्ने त्यो चरालाई मैले एक लाख डलर हालेको थिए बुझिस् ।’

श्रीतमीले तत्काल प्रतिक्रिया दिन्छिन्, ‘खोई त मैले काट्दा उसले त एउटै भाषा बोलेन ।’

१४/१४ भाषा बोलेर के काम यदि आवश्यक ठाउँमा प्रयोग गरिएन भने । बोले पो १ लाख डलरको चरा नत्र दश रुपैयाँ बिचरा!

आफूसँग भएको प्रतिभालाई मौकामा प्रयोग गरिएन भने त्यसको कुनै मुल्य नै रहँदैन ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ११ : ५५ बजे

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)

प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा