१४ भाषा जान्ने चराको रोचक कथा « Khabarhub

१४ भाषा जान्ने चराको रोचक कथा


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना व्यापारी कामको दौरानमा अफ्रिका जान्छन् । त्यहाँ उनले थाहा पाउछन् कि १४ भाषा बोल्ने चरा किन्न पाइन्छ । तर मुल्य भने १ लाख डलर ।

उनी धनी थिए । त्यसैले उनले त्यस अजीव चरालाई अफ्रिकाको कोसेली स्वरुप किनेर पार्सल गरी घर पठाए ।

काम सकेर घर पुग्नासाथ उनले श्रीमतीलाई सोधे, ‘मैले अफ्रिकाबाट पठाएको त्यो दुर्लभ चरा खोई हँ ?’

श्रीमती मस्किँदै भन्छिन्, ‘ए, हजुरकै लागि त्यसकै तरकारी बनाएको छु मैले ।’

श्रीमतीको कुरा सुनेपछि छाँगाबाट खसेझै हुन्छन् त्यी व्यापारी । झोक्किदै श्रीतमीलाई भन्छन्, ‘धत्तेरी तैले सत्यनाश पारिस् । १४ भाषा जान्ने त्यो चरालाई मैले एक लाख डलर हालेको थिए बुझिस् ।’

श्रीतमीले तत्काल प्रतिक्रिया दिन्छिन्, ‘खोई त मैले काट्दा उसले त एउटै भाषा बोलेन ।’

१४/१४ भाषा बोलेर के काम यदि आवश्यक ठाउँमा प्रयोग गरिएन भने । बोले पो १ लाख डलरको चरा नत्र दश रुपैयाँ बिचरा!

आफूसँग भएको प्रतिभालाई मौकामा प्रयोग गरिएन भने त्यसको कुनै मुल्य नै रहँदैन ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ११ : ५५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब