चिनियाँ राजदूतको ट्वीटर ‘डिप्लोमेसी’– फलोअर्स बढाउन पुरस्कारको लोभ ! « Khabarhub

चिनियाँ राजदूतको ट्वीटर ‘डिप्लोमेसी’– फलोअर्स बढाउन पुरस्कारको लोभ !


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले माइक्रो ब्लगिङ साइट ट्वीटर चलाउन चालेको धेरै भएको छैन । गत असारको पहिलो साता मात्रै राजदूत यान्छीले आफ्नो ट्वीटर अकाउन्ट खोलेकी थिइन् ।

ट्वीटरमा  समयसामयिक विषयमा अपडेट गरिरहेकी राजदूत यान्छीले अब भने आफ्ना फलोअर्स बढाउने नयाँ काइदा थालेकी छन् ।

उनले ट्वीटरमा आफ्ना फलोअर्स बढाउनका लागि आफूलाई फलो गर्ने, आफ्ना ट्वीटहरुलाई रिट्वीट गर्ने, कमन्टे गर्ने तथा अन्य साथीहरुलाई ट्याग गर्ने व्यक्तिलाई पुरस्कार नै दिने घोषणा गरेकी छन् ।

आफूलाई फलो गर्ने, आफ्ना ट्वीटहरुलाई रिट्वीट गर्ने, कमन्टे गर्ने तथा अन्य साथीहरुलाई ट्याग गर्ने व्यक्तिमध्ये उत्कृष्ट ५ जनालाई काठमाडौं, पोखरा र लुम्बिनीमा हुने चिनियाँ चलचित्र महोत्सवको २–२ वटा टिकट उपहार दिने राजदूत यान्छीको भनाइ छ ।

चिनियाँ राजदूत यान्छीले ट्वीटरमा भनेकी छन्– चिनियाँ चलचित्र महोत्सवको उद्घाटन समारोह २७ डिसेम्बरमा काठमाडौंमा हुँदैछ । मलाई फलो गर्नुहोस्, यो पोस्ट रिट्वीट गर्नुहोस्, एकजना साथीलाई ट्याग गरी कमेन्ट गर्नुहोस् ।

राजदूत यान्छीले आफ्नो यस्तो योजना डिसेम्बर २६ तारिखको बिहान १२ बजेसम्मका लागि मात्रै भएको पनि बताएकी छन् ।

आफ्नो घोषणामा सहभागी हुने ट्वीटर प्रयोगकर्तामध्ये सबैभन्दा धेरै लाइकका आधारमा उत्कृष्ट ५ जनालाई पुरुस्कार दिइने पनि उनको भनाइ छ ।

राजदूत यान्छीलाई हाल (समाचार तयार पार्दा)सम्म ९ हजार ७ सय ८६ ट्वीटर प्रयोगकर्ताहरुले पछ्याएका छन् ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १२ : १३ बजे

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८