ख्याल गर्नुहोस यी १० कारणले कपाल झर्छ « Khabarhub

ख्याल गर्नुहोस यी १० कारणले कपाल झर्छ


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

शीर अर्थात टाउकोको रौलाई कपाल (केश) भनिन्छ । पछिल्लो समय धेरै मानिस कपाल झर्ने कारणले चिन्तित रहने गरेका छन् ।

हुनतः कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो तर, अस्वभाविक रुपले कपाल र्झछ भने त्यो चिन्ताको विषय हो ।

कपालको एउटा निश्चित चक्र हुन्छ : बढ्ने चरण, स्थिर भएर बस्ने चरण र झर्ने चरण । तर एकाएक कपाल झर्ने समस्या के कारणले हुन्छ त्यो भने जानिराख्नु पर्छ । कपाल झर्नेको थुप्रै कारण मध्ये मुख्य १० कारण यस्ता छन् :

१. रोग तथा तनाव

शल्यक्रिया भएपछि, दुर्घटना वा गम्भीर बिरामी परेपछि मानिसको कपाल झर्न थाल्दछ । साथै यदि मानिस अत्यधिक तनावमा छ भने उसको कपाल झर्ने क्रम तिव्र हुन्छ । तर तनावका कारण झर्न थालेको कपाल कालन्तरसम्म झर्ने गर्दछ ।

२. गर्भ रहेको बेला
कतिपय महिलामा गर्भधारणको समयमा पनि कपाल झर्ने गर्दछ । यो अवस्थामा कपाल झर्नु सामान्य हो । तथापी यस्तो अवस्थामा कपाल झरेपनि पछि कपाल पूनः पलाउन थाल्दछ ।

३. औषधि वा भिटामिन सेवन
यदि कोहि मानिस अत्यधिक मात्रामा औषधि वा भिटामिनको सेवन गर्छ भने उसको समेत कपाल झर्ने गर्दछ । यस्तोमा भिटामिनको प्रयोग कम गरेसंगै कपाल झर्ने क्रम रोकिन्छ ।

४. कम प्रोटिन
यदि शरीरमा आवश्यकता अनुसारको प्रोटिन पुगेन भने पनि कपाल झर्न थाल्छ । प्रोटिनको कमी भएको २/३ महिनाबाटै कपाल झर्ने समस्या शुरु हुन्छ । तर शरीरमा प्रोटिनको मात्रा पुग्यो भने कपाल झर्ने क्रम रोकिन्छ ।

५. हर्मोन
आजकल धेरै मानिसमा कपाल झर्ने समस्या हर्माेनका कारणले हुने गर्दछ । यसमा जिन र पुरुष हर्मोनले मुख्य भूमिका खेल्ने गर्दछ । यसरी झर्ने कपाललाई पूनः पलाओस् भन्न मल्हम वा कपाल रोपेर पनि पहिले झै बनाउन सकिन्छ । कतिपयमा भने यसले सुधार नगर्न सक्छ ।

६. वंशाणुगत
कतिपय पुरुषमा तालु खुईलने समस्या सामान्य झै भएको छ । निश्चित उमेर पुगेपछि कपाल झर्नु वंशाणुगत कारणले हुने गर्दछ । परीवारमा बुवाआमा वा अन्य कोहिको कपाल झर्ने समस्या छ भने त्यो समस्या परीवारका सदस्यलाई हुनसक्छ ।

७. मानसिक तनाव
कतिपय मानिसमा हुने मानसिक तनावका कारणले पनि कपाल झर्ने समस्या हुनसक्छ । मानसिक रुपमा हुने तनावले मानिसलाई हर समय चिन्तामा राख्ने भएकाले सकेसम्म यसको निदान गर्नु पहिलो उपचार हुन्छ ।

८. आइरनको कमी
आजकल केहि न्युन मानिसको शरीरमा आइरनको कमी रहने गर्दछ । जसका कारण कपाल झर्ने सम्भावना रहन्छ । आइरनको कमीले कपाल झर्ने समस्याका अतिरिक्त बेहोस हुने, टाउको दुख्ने, आँखा धमिलो हुने लगायतका समस्याहरु देखा पर्न सक्छ ।

९. भिटामिन बीको कमी
भिटामिन बीको कमीले पनि कपाल झर्ने समस्या हुन्छ । यसको समाधानका लागि भिटामिन बी पाइने खाद्य पदार्थहरु फलफुल, माछा, मासु, तरकारी प्रशस्त मात्रा खानु उत्तम हुन्छ ।

१०. अनावश्यक क्रिम र स्ट्रेट
कपाल झर्ने अर्को मुख्य कारण भनेको कपाल सुन्दर बनाउने नाममा गरीने अनावश्वयक क्रिमको प्रयोग तथा कपालमा गरीने रंगको प्रयोग पनि हो । साथै पटक पटक गरीने हेयर स्ट्रेटले पनि कपाल झर्ने समस्या हुने गर्दछ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १२ : ४१ बजे

सेना र कर्मचारी फकाउँदै एमालेले भन्यो- सम्बन्ध ‘पूर्ववत् मित्रवत्’ छ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले

‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार बोर्डले ‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था

एमालेले प्रधानमन्त्री वालेन्द्रलाई बधाई दिँदै भन्यो : हामी जनमतको सम्मान गर्छौँ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

भक्तपुर – आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने

‘तुल्सा कलेक्सन’को सम्पत्ति शुद्धीकरणमा यसरी जोडिए अजय चौरसिया र लक्ष्मी खतिवडा

ललितपुर– विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा