ख्याल गर्नुहोस यी १० कारणले कपाल झर्छ « Khabarhub

ख्याल गर्नुहोस यी १० कारणले कपाल झर्छ


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

शीर अर्थात टाउकोको रौलाई कपाल (केश) भनिन्छ । पछिल्लो समय धेरै मानिस कपाल झर्ने कारणले चिन्तित रहने गरेका छन् ।

हुनतः कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो तर, अस्वभाविक रुपले कपाल र्झछ भने त्यो चिन्ताको विषय हो ।

कपालको एउटा निश्चित चक्र हुन्छ : बढ्ने चरण, स्थिर भएर बस्ने चरण र झर्ने चरण । तर एकाएक कपाल झर्ने समस्या के कारणले हुन्छ त्यो भने जानिराख्नु पर्छ । कपाल झर्नेको थुप्रै कारण मध्ये मुख्य १० कारण यस्ता छन् :

१. रोग तथा तनाव

शल्यक्रिया भएपछि, दुर्घटना वा गम्भीर बिरामी परेपछि मानिसको कपाल झर्न थाल्दछ । साथै यदि मानिस अत्यधिक तनावमा छ भने उसको कपाल झर्ने क्रम तिव्र हुन्छ । तर तनावका कारण झर्न थालेको कपाल कालन्तरसम्म झर्ने गर्दछ ।

२. गर्भ रहेको बेला
कतिपय महिलामा गर्भधारणको समयमा पनि कपाल झर्ने गर्दछ । यो अवस्थामा कपाल झर्नु सामान्य हो । तथापी यस्तो अवस्थामा कपाल झरेपनि पछि कपाल पूनः पलाउन थाल्दछ ।

३. औषधि वा भिटामिन सेवन
यदि कोहि मानिस अत्यधिक मात्रामा औषधि वा भिटामिनको सेवन गर्छ भने उसको समेत कपाल झर्ने गर्दछ । यस्तोमा भिटामिनको प्रयोग कम गरेसंगै कपाल झर्ने क्रम रोकिन्छ ।

४. कम प्रोटिन
यदि शरीरमा आवश्यकता अनुसारको प्रोटिन पुगेन भने पनि कपाल झर्न थाल्छ । प्रोटिनको कमी भएको २/३ महिनाबाटै कपाल झर्ने समस्या शुरु हुन्छ । तर शरीरमा प्रोटिनको मात्रा पुग्यो भने कपाल झर्ने क्रम रोकिन्छ ।

५. हर्मोन
आजकल धेरै मानिसमा कपाल झर्ने समस्या हर्माेनका कारणले हुने गर्दछ । यसमा जिन र पुरुष हर्मोनले मुख्य भूमिका खेल्ने गर्दछ । यसरी झर्ने कपाललाई पूनः पलाओस् भन्न मल्हम वा कपाल रोपेर पनि पहिले झै बनाउन सकिन्छ । कतिपयमा भने यसले सुधार नगर्न सक्छ ।

६. वंशाणुगत
कतिपय पुरुषमा तालु खुईलने समस्या सामान्य झै भएको छ । निश्चित उमेर पुगेपछि कपाल झर्नु वंशाणुगत कारणले हुने गर्दछ । परीवारमा बुवाआमा वा अन्य कोहिको कपाल झर्ने समस्या छ भने त्यो समस्या परीवारका सदस्यलाई हुनसक्छ ।

७. मानसिक तनाव
कतिपय मानिसमा हुने मानसिक तनावका कारणले पनि कपाल झर्ने समस्या हुनसक्छ । मानसिक रुपमा हुने तनावले मानिसलाई हर समय चिन्तामा राख्ने भएकाले सकेसम्म यसको निदान गर्नु पहिलो उपचार हुन्छ ।

८. आइरनको कमी
आजकल केहि न्युन मानिसको शरीरमा आइरनको कमी रहने गर्दछ । जसका कारण कपाल झर्ने सम्भावना रहन्छ । आइरनको कमीले कपाल झर्ने समस्याका अतिरिक्त बेहोस हुने, टाउको दुख्ने, आँखा धमिलो हुने लगायतका समस्याहरु देखा पर्न सक्छ ।

९. भिटामिन बीको कमी
भिटामिन बीको कमीले पनि कपाल झर्ने समस्या हुन्छ । यसको समाधानका लागि भिटामिन बी पाइने खाद्य पदार्थहरु फलफुल, माछा, मासु, तरकारी प्रशस्त मात्रा खानु उत्तम हुन्छ ।

१०. अनावश्यक क्रिम र स्ट्रेट
कपाल झर्ने अर्को मुख्य कारण भनेको कपाल सुन्दर बनाउने नाममा गरीने अनावश्वयक क्रिमको प्रयोग तथा कपालमा गरीने रंगको प्रयोग पनि हो । साथै पटक पटक गरीने हेयर स्ट्रेटले पनि कपाल झर्ने समस्या हुने गर्दछ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १२ : ४१ बजे

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने