वैदेशिक रोजगारीमा जाने नेपालीको अनिवार्य मानसिक स्वास्थ्य परीक्षण गर्न सुझाव « Khabarhub

वैदेशिक रोजगारीमा जाने नेपालीको अनिवार्य मानसिक स्वास्थ्य परीक्षण गर्न सुझाव


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने श्रमिकको अनिवार्य मानसिक स्वाथ्य परीक्षण गरे मात्र विदेश पठाउन सरकारलाई सुझाव दिएको छ । रोजगारीमा जाने श्रमिकको मानसिक स्वास्थ्य परीक्षण नहुँदा उनी मानसिक रोगबाट ग्रस्त हुनेगरेको आयोगले जनाएको छ ।

आयोगले मंगलबार आप्रवासन र मानसिक स्वास्थ्य विषयमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै आयोगका सदस्य सुदिप पाठकले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा मानसिक स्वास्थ्य गम्भीर विषय भएको बताए । रोजगारीमा जाने कामदारलाई नेपालमा मानसिक स्वास्थ्य परीक्षण नहुँदा रोजगारदाता देशमा पुगेपछि समस्यामा पर्ने गरेको उनको भनाइ छ । पाठकले  रोजगारीका लागि विदेशीने श्रमिकको विदेश जानुअघि नै स्वास्थ्य परीक्षण गर्नुपर्ने पनि बताए ।

वैदेशिक रोजगारीमा जाने श्रमिक पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका कारण पनि मानसिक समस्यामा पर्ने गरेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए । रेमिट्यान्सका विषयमा परिवारमा कुरा नमिल्दा उनीहरुको  मानसिक स्वास्थ्यमा असर परिरहेको उनको भनाइ छ ।

बोर्डले मानसिक रोगीका लागि छुटै स्वास्थ्य परीक्षण र अभिमुखिकरण तालिमको व्यवस्था गर्न लागेको पनि कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

वैदेशिक रोजगारीका क्रममा ३० प्रतिशतमा डिप्रेशन देखा पर्ने गरेको आयोगको एक अध्ययनले औंल्याएको छ । यस्तै २० प्रतिशतमा एनजाइटिज, १० प्रतिशतमा रक्सी सिकर र १० प्रतिशतमा कडा मानसिक रोग हुनेगरेको आयोगको अध्ययनमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा समस्यामा परेका श्रमिकका कारण उनीहरुको परिवारका सदस्यहरुमा पनि मानसिक समस्या उत्पन्न हुनेगरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १२ : ५४ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक