डेटिङ जाँदाको बील कसले तिर्ने ? « Khabarhub

डेटिङ जाँदाको बील कसले तिर्ने ?


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल प्रेममा पर्ने अधिकाशं जोडीले भेटघाट गर्नुलाई डेटिङ भन्दछन् । डेटिङमा जादाँ गरिएको खानपान तथा खर्चको बील प्रायः प्रेमी अर्थात पुरुषले नै तिर्ने गरेका छन् ।

यसो गर्नुको पछाडि रोजगारमा बढि पुरुष भएकोले वा प्रेमिकासँग पैसा छैन भन्ने कारणले पनि हुने गर्दछ ।

कतिपय अवस्थामा भने डेटिङको बील पुरुषले नै तिर्नुपर्ने मान्यता रहदै आएको छ । तर डेटमा बील कसले तिर्नुपर्छ त ?

कसले तिर्नुपर्छ बिल ?

महिला र पुरुष बराबर छन् भन्ने सोचको विकास भइरहेको बेला डेटिङमा जादाँ सकेसम्म दुबैजनाले बील तिर्नु उपयुक्त हुन्छ । तर यसको मतलब हरेक खर्चको आधाआधा भन्दा पनि कुनै एक शीर्षकको बील प्रेमीले तिर्ने र अर्को शीर्षकको बिल प्रेमिकाले तिर्नु राम्रो मानिन्छ ।

यसले डेटमा जादाँ कोहि एकजनालाई मात्र खर्च गराउने स्थितिबाट बचाउँछ । साथै पैसा तिरेकै भरमा कुनै स्वार्थपूर्ति गर्नबाट समेत बचाउने गर्दछ । तर यसो भन्दैमा जागिर नभएको वा रकम नभएको अवस्थामा पनि बील तिर्नुपर्छ भन्ने चाहि होइन । यस्तो अवस्थामा जोसंग पैसा छ उसैले बील तिर्दा हुन्छ ।

प्रेमिकाले ध्यान दिनुपर्ने कुरा
कतिपय प्रेमिकाहरु डेटमा गएको बेला प्रेमीलाई खर्च गराउन लगाउछन् । सपिङ गर्ने भन्दै आफ्नो सौख अनुसारको सामाग्रि किन्न लगाउछन् । तर यसो गर्दा पुरुषलाई आर्थिक भार पर्ने त छदैंछ साथै उसले आफ्नी प्रेमिका प्रतिको भावना पनि नकारात्मक बनिदिन्छ ।

साथै उनीहरु खर्च गरेपछि त्यसबाटै आफ्नो स्वार्थ पुरा गर्न प्रेमिकालाई दबाब समेत दिन सक्छन् । तसर्थ डेटमा रहेको बेला प्रेमीको चाहाना बाहिर गएर कुनै वस्तु खरिदका लागी दबाब दिनु राम्रो होइन ।

महिलाले आफ्नो रुप–रंग तथा पहिरनको जोहो आफै गर्नु उत्तम हुन्छ । उत्कृष्ट सम्बन्धका लागि प्रेमी प्रेमिकाको आत्मियता र भावना मिल्नु महत्वपुर्ण हो ।

त्यसैले डेटमा जादाँ आएको बील हेर्ने बानि प्रेमिकाले बसाउनु पर्छ । साथै आफ्नो क्षमता अनुसार खर्चमा योगदान गर्नुपर्छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १ : २० बजे

गौरादहमा बालेनको घरदैलो : समस्या सुन्दै, आशीर्वाद थाप्दै

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले झापामा घरदैलो

भक्तपुरमा एमाले उम्मेदवारद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुरका नेकपा एमाले उम्मेदवारहरूले आफ्नो

‘ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन’

कोपनहेगन– डेनमार्कका रक्षामन्त्री ट्रोअल्स लुन्ड पौल्सेनले ग्रिनल्यान्डलाई अन्य देशहरूबाट चिकित्सा

बालबालिकामा इन्टरनेटको लत : अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता

काठमाडौं– पछिल्लो समय प्रविधिको विकास भएसँगै मोबाइल फोन र इन्टरनेटको

चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

चितवन–  चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र नेकपा (एमाले)का