६ महिनाकी बालिकासहित ३ जनाको गोली हानी हत्या गर्ने अभियुक्त ३२ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

६ महिनाकी बालिकासहित ३ जनाको गोली हानी हत्या गर्ने अभियुक्त ३२ वर्षपछि पक्राउ


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– एक नाबालिकासहित तीनजनाको हत्या गरेको अभियोगमा अदालतबाट ३० वर्ष कैद सजाय पाएर फरार एक वृद्धलाई सिरहा प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ ।

अर्नमा गाउँपालिका–५ (तत्कालीन सिरहा कृष्णपुर गाविस–८) का जगदेव यादवको छोरा रामनाथ यादव र रामचन्द्र यादवको हत्या आरोपमा १० र उनकी ६ महिनाकी नातिनीको हत्या आरोपमा २० वर्ष गरी ३० वर्षको कैद सजाय पाएर फरार सिरहा नगरपालिका–२० लगडीगडियानी का ६८ वर्षीय हिरवा सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा सहनीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ परेका हिरवा सहनीले विसं २०४४ पुस १३ गते अर्नमा गाउँपालिका–५ स्थित आफ्नै घरमा रहेका रामनाथ यादव र रामचन्द्र यादवलाई गोली हानी हत्या गरेको तथा सिरहा नगरपालिका–१९ स्थित गागन खोलामा ६ महिनाकी नातिनीको हत्या गरेका थिए ।

मृतकका बुबा जगदेव यादवले जिल्ला अदालत सिरहामा सहनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेका थिए । सो मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत सिरहाले सहनीलाई दोषी ठहर गर्दै दुवै दाजुभाइको हत्या अभियोगमा १० वर्ष र नबालिकाको हत्या अभियोगमा २० वर्ष गरी ३० वर्ष कैद सजायको फैसला भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  २ : १३ बजे

साताको पहिलो नेप्से १४ अंकले बढ्यो, अढाइ अर्ब बढी कारोबार

काठमाडौं- आइतबार साताको पहिलो नेपाल स्टक एक्चेञ्ज (नेप्से) १४.३३ अंकले

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं– कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा

बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता 

बझाङ– बझाङको छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १ को मत गन्दा

इलाम अपडेट : कांग्रेसका डम्बर खड्काको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक

हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ का परीक्षार्थीले गरे तोडफोड

वीरगञ्ज– वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ ।