प्रधानमन्त्रीलाई ‘विशेष धन्यवाद’ भन्दै शहरी विकास मन्त्रीले दिए पदबाट राजीनामा « Khabarhub

प्रधानमन्त्रीलाई ‘विशेष धन्यवाद’ भन्दै शहरी विकास मन्त्रीले दिए पदबाट राजीनामा


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकास मन्त्री मोहम्मद इस्तियार राईले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका छन् ।

मन्त्री राईले आफ्नो आधिकारिक लेडरप्याडमै लेखेर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

समाजवादी पार्टीबाट सरकारमा शहरी विकास मन्त्री भएका राईले पार्टीको निर्णयानुसार मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा वर्तमान सरकारमा सहभागी समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार उपप्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिला रहेका उपेन्द्र यादवले पनि प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाइसकेका छन् ।

समाजवादी पार्टीका अध्यक्ष रहेका यादवले संविधान संशोधनका विषयमा सरकार गठनका बेला भएको सहमति पालना नगरेको भन्दै राजीनामा दिएका छन् भने मन्त्री राईले राजीनामाको कारण उल्लेख गरेका छैनन् ।

शहरी विकास मन्त्री राईले भने आफूलाई मन्त्रीमा नियुक्त गरी काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री ओलीलाई ‘विशेष धन्यवाद’ दिँदै राजीनमा दिएका छन् ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ३ : ३२ बजे

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको