नाइट क्लब जाने फुटबलरको प्रतिबन्धमा पुनर्विचार « Khabarhub

नाइट क्लब जाने फुटबलरको प्रतिबन्धमा पुनर्विचार


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रतिबन्धमा रहेका चार खेलाडीको प्रतिबन्धको समय कम भएको छ ।

एन्फाको अनुशासन कमिटिले चार खेलाडीमाथि लगायको प्रतिबन्धको समयमा पुनरावलोकन समितिले पुनर्विचार गरेको हो ।

एन्फाका अनुसार यी खेलाडीहरुलाई यसअघि अनुसाशन समितिले कारबाही गरेको दिनदेखिको प्रतिबन्ध सुनाएको थियो भने पुनरावलोकन समतिले घटना घटेको दिनदेखि लागू हुने गरी भनेका कारण उनीहरुको प्रतिबन्धको समय कम भएको छ ।

फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ अन्तर्गत कुवेतविरुद्धको खेल  खेल्न भुटान जानु अघिल्लो दिन नाईट क्लब गएपछि अन्जन विष्ट, सन्तोष तामाङ, विमल घर्ती मगर र दिनेश राजवंशी कारबाहीमा परेका थिए ।

अनुशासन समितिले अञ्जन र सन्तोष तामाङलाई ४५ दिन र विमल घर्तिमगर र दिनेश राजवंशीलाई ९० दिन घरेलु र अन्तराष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाएको थियो ।

एन्फाले अनुशासन कमिटिको निर्णय भएको मितिले मंसिर २७ गतेबाट लागु हुने गरि कारबाही गरिएको बताएको थियो । तर, खेलाडीहरुले अनुशासन समितिको निर्णयमा पुनरावलोकन गरीपाउँ भन्दै निवेदन दिएपछि एन्फाको पुनरावलोकन समितिले कात्तिक ३० गतेबाट प्रतिबन्धको समय गणना गरिने नयाँ निर्णय गरेको हो ।

एन्फाले चारै खेलाडीमाथि गरिएको जनही ५० हजार रुपैयाँ जरिवानाको सजाय भने यथावत रहने जनाएको छ । एन्फाको अनुशासन समितिले चारै खेलाडीलाई कारबाही गर्दै कम्तिमा डेढ महिना राष्ट्रिय र अन्तराष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ३ : ४५ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक