मिस वर्ल्ड मलाई खुला मैदानजस्तो लाग्यो: अनुष्का श्रेष्ठ « Khabarhub

मिस वर्ल्ड मलाई खुला मैदानजस्तो लाग्यो: अनुष्का श्रेष्ठ


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिस वर्ल्ड २०१९ मा सहभागिता जनाएर सोमबार काठमाडौं फर्किएकी मिस नेपाल अनुष्का श्रेष्ठले दर्शकले दिनुभएको साथ र मायाले नै मिस वर्ल्डको ग्राण्ड फिनालेमा राम्रो प्रस्तुति दिन सम्भव भएको बताएकी छिन् ।

अनुष्काले मिस वर्ल्डमा ग्राण्ड फिनालेबाहेक अरु दिन कसरी निर्णायकले मूल्याङ्कन गर्थे भन्ने थाहा नपाएको बताइन् । उनले मिस वर्ल्ड एक खुला मैदानजस्तो लागेको प्रतिक्रिया दिइन् ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अनुष्काले भनिन्, ‘मिस वर्ल्ड एउटा खुला मैदानजस्तो लाग्यो, त्यो स्टेजमा मेरो व्यक्तिगत करिअरदेखि देश चिनाउनेसम्म मौका थियो ।’

मिस वर्ल्ड फाइनल प्रतियोगितामा जानुअघि आफूहरुलाई कसरी निर्णायकले मूल्यांकन गरिरहेका हुन्थे भन्ने थाहै नहुने अनुष्काले सुनाइन् ।

‘मलाई लण्डन चिसो हुन्छ भन्ने थाहा थियो, तर भोग्दा गाह्रो भयो, मिस वर्ल्डको स्टेज पनि मेरा लागि त्यस्तै थियो,’ अनुष्काले अगाडि थपिन्, ‘सयभन्दा बढी देशका उत्कृष्ट सुन्दरीहरुमध्ये आफू कताकता हराएको झैँ लाग्थ्यो, न म अरुभन्दा अग्ली थिएँ, न अरुभन्दा फरक छु भन्ने नै लाग्थ्यो ।’

आफ्नो देशलाई कसरी चिनाउने भन्ने टिमको योजना अनुसार नै ‘पर्यटन वर्ष २०२०’ लाई पनि प्रचार गरेको अनुष्काले बताइन् । ‘त्यहाँ मैले कसरी नेपाललाई चिनाउन सक्छु भनेर आफैलाई प्रश्न गरेँ, सबैको साथ र सहयोग पनि पाएँ,’ अनुष्काले भनिन् ।

मिस वर्ल्ड खुला मैदान भएकाले त्यहाँ गएर व्यक्तिगत प्रस्तुति दिन पनि सकिने तर आफूले नेपाललाई नै चिनाउने प्रयास गरेको अनुष्काले बताइन् । उनले ‘ब्यूटी विथ अ पर्पस’ को उपाधि जित्दा खुशी लागेको बताइन् । ‘सात महिनाको मेहनतलाई दश मिनेटमा देखाउनु चुनौतीपूर्ण थियो, यसमा हामी सफल भयौँ,’ उनले भनिन् ।

मिस वर्ल्डमा नेपालको ब्याच नलगाई पनि नेपाललाई चिनाउन सफल भएको अनुष्काले बताइन् । जति जति फिनाले नजिकिँदै जान्थ्यो, उति जिम्मेवारी पनि बढ्दै गएको अनुष्काले सुनाइन् ।

‘प्रस्तुति राम्रो होस् भनेर हरेक दिन यो अन्तिम दिन हो भन्ने लागेको थियो, मैले सधै ढुक्क देखाउन चाहेँ,’ उनले भनिन्, ‘तनाव लिँदा त्यसको असर अनुहारमा देखिने रहेछ, आफ्नो प्रस्तुतिमा डर र तनाव देखियो भने त आफू कन्फिडेन्ट देखिन्न, म कन्फिडेन्ट नुहुनु भनेको नेपाल कन्फिडेन्ट नुहुनु हो ।’

उनले मिस वर्ल्ड एक महोत्सवजस्तो लागेको बताइन् । साथै उनले नेपाली एकजुट भएकोमा खुशी व्यक्त गरिन् । उनले मिस वर्ल्डमा उत्कृष्ट ५ सम्म पुग्न नसके पनि उत्कृष्ट १२ सम्म पुगेकोमा खुशी व्यक्त गरिन् ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ७ : ०३ बजे

साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ– आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा