उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट « Khabarhub

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा मुद्दा फछ्र्योट गरेको छ । उच्च अदालत तुलसीपुरका सूचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार एक वर्षको अवधिमा अदालतमा दर्ता भएका ८५३ वटा र अघिल्लो आवदेखि जिम्मेवारी सरेका २१२ गरी एक हजार ६५ मुद्दामध्ये ७२५ वटा फछ्र्योट भई हाल ३४० विचाराधीन अवस्थामा छन् ।

कार्यालयले गत आवमा ६५ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेका करिब ६८ प्रतिशत फछ्र्योट गरेको हो भने तीन दशमलव शून्य सात प्रतिशतभन्दा बढी मुद्दाको फैसला गरिएको उनले जानकारी दिए । विचाराधीन अवस्थामा रहेका धेरै मुद्दा इजलासमा अन्तिम फैसला गर्नका लागि प्रक्रिया नपुगेका रहेका उनको भनाइ छ ।

सूचना अधिकारी शर्माका अनुसार अदालतमा एक वर्ष नाघेका अधिकांश मुद्दा फैसला भएका छन् । बाँकी रहेकामा छ महिनाभित्रका २५५, छ महिनादेखि एक वर्षभित्रका ८३, एक वर्षदेखि १८ महिनाका एक र १८ महिनादेखि दुई वर्षभित्रका एउटा मुद्दा रहेका उनले जानकारी दिए ।

उच्च अदालत तुलसीपुरले शुक्रबार आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा अदालतले एक वर्षको अवधिमा गरेको प्रगति विवरण सार्वजनिक गरेको हो । गत भदौमा भएको जेन्जी आन्दोलनका क्रममा यो अदालत पूर्ण रूपमा क्षति भएपछि अदालत परिसरमा पाल लगाएर अतिआवश्यक सेवा सञ्चालन गरेको थियो ।

अदालतले केही समयपछि मोटरसाइकल ग्यारेजलाई अस्थायी इजलास बनाएर सात महिनासम्म सोही ठाउँबाट मुद्दाको सुनुवाइ गरेको सूचना अधिकारी शर्माले जानकारी दिए ।

उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश राजेश्वर तिवारीले यस अदालतले न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना अनुसार मुद्दा व्यवस्थापन पद्धतिअनुसार सरल मार्ग, सामान्य मार्ग र विशेष मार्गगरी तीन प्रकारमा मुद्दा विभाजन गरी फछ्र्योट गर्दै आएको बताए । सरल मार्गमा छ महिनाभित्र, सामान्यमा एक वर्षभित्र र विशेष मार्गमा १८ महिनाभित्र मुद्दा फछ्र्योट गरिसक्नुपर्ने व्यवस्था रहेको बताउँदै उनले सोही अनुसार कार्यसम्पादन गरिएको जानकारी दिए ।

मुख्यन्यायाधीश तिवारीले अदालतमा एक वर्ष नाघेका मुद्दाको सङ्ख्या न्यून रहेको बताए । त्यस्तै थुनुवा तथा असहाय, आर्थिक रूपमा विपन्न बालबालिका, महिलालगायत पछाडि परेका वर्गका मुद्दामा वैतनिक कानुन व्यवसायीबाट निःशुल्क सेवा प्रवाह गर्दै आइएको उनले उल्लेख गरे ।

मुख्यन्यायाधीश तिवारीले जेनजी आन्दोलनका क्रममा अदातलतको भवन तथा काजताज जलेर पूर्ण रूपमा नष्ट भए पनि सेवा प्रवाह नरोकिएको बताए । उनले तुलसीपुर उपमहानगरपालिकाद्वारा अदालत परिसरमा निर्माण गरिएको दुई कोठाको टहरालाई गत चैत २७ गतेदेखि इजलास कक्ष बनाएर सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए ।

त्यस्तै अदालत सुरक्षार्थमा खटिएका प्रहरीलाई चमेनागृह भवनमा स्थानान्तरण गर्नुका साथै सुरक्षा ब्यारेकलाई मर्मत गरी माथिल्लो तलामा अभिलेख शाखा र तल्लो तलामा प्रशासनिक तथा फाँटको काम सुरु गरिएको मुख्यन्यायाधीश तिवारीले उल्लेख गरे ।

आगजनीबाट नष्ट भएका मिसिल कागजातको प्राप्तिका लागि सम्बन्धित जिल्ला अदालतमा उच्च अदालतका कर्मचारी खटाई कागजात प्राप्तिमा समन्वय गरिएको उनले बताए । उनका अनुसार गत भदौ २४ गतेको घटनामा अदालत भवन, कागजात, सवारीसाधनलगायत सामग्री जलेर नष्ट भएका थिए ।

उच्च अदालतको कार्य क्षेत्र दाङ, प्यूठान, रोल्पा र रुकुम रहेका छन् । लुम्बिनी प्रदेशको बुटवल र नेपालगञ्ज उच्च अदालत तुलसीपुर उच्च अदालतका इजलासका रूपमा रहेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १० : ३१ बजे

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रुसी व्यापारिक

सेती पुल निर्माणले गति लियो

गण्डकी – पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’

एमालेले स्वीकार्‍यो : जनताको बदलिएको मनोविज्ञान बुझ्न असफल भयौँ

काठमाडौं– नेकपा एमालेले गत फागुन २१ गतेको पछिल्लो निर्वाचनमा आफ्नो

मेसीको भावुक सन्देश- ‘बुवा, तपाईं अब हुनुहुन्न भन्ने विश्वासै लाग्दैन’

 काठमाडौं– अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले आफ्ना दिवंगत बुवा जर्ज मेसीलाई