पीपीएल क्रिकेटः अपराजित रहँदै चितवन फाइनलमा प्रवेश « Khabarhub

पीपीएल क्रिकेटः अपराजित रहँदै चितवन फाइनलमा प्रवेश


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन राइनोज पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग(पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज आफ्नो लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोल्डेन वारियर्सलाई ६० रनको फराकिलो अन्तरले पराजित गरी चितवन फाइनलमा प्रवेश गरेको हो ।

साविक उपविजेता राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काको टोली चितवनले लिग चरणका पाँचै खेलमा अपराजित रहँदै समूह विजेता बनेर १० अङ्क जोड्न सफल भएको हो । चितवनसँगको पराजयसँगै राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लको टोली प्लेअफ खेल्नका लागि बुधबार बुटवल र विराटनगरबीचको खेलको नतिजामा निर्भर रहनुपर्ने भएको छ ।

खेलमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको चितवनले पूरै ओभर खेल्दै चार विकेट गुमाएर १ सय ६७ रनको स्कोर खडा गरेको थियो । प्लेअफमा स्थान सुरक्षित गर्नका लागि १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ २० ओभरमा पूरै विकेट गुमाउँदै १०७ रनमा समेटिएको थियो ।

काठमाडौँका कप्तान मल्लले ३९ बलमा ४० रन जोडे पनि टोलीलाई जिताउन सक्नुभएन । त्यस्तै पवन सर्राफले १९ बलमा २७ तथा पृथु बास्कोटा २३ बलमा १८ रन जोड्नुबाहेक अन्य आठ ब्याट्सम्यानले दोहोरो अङ्कको रन लिन सकेन ।  शुरुवाती ब्याट्सम्यान जयकृष्ण कोल्सावाला र अमृत श्रेष्ठले एक दशमलव चार ओभरमा मात्र दुई रन जोडेपछि काठमाडौँ दवावमा आएको थियो ।

सन्नी पटेलले चार ओभर बलिङमा एक मेडन ओभर राख्दै १९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । रोहन मुस्ताफाले दुई तथा करण केसी, भुवन कार्की, रामनरेश गिरी र पारस खड्काले एकएक विकेट लिएका थिए ।

चितवनका शुरवाती ब्याट्सम्यान रोहन मुस्ताफा तथा तेस्रो क्रममा इनिङ्स सम्हाल्न आभएका बाबर हायातले अर्धशतकीय पारी खेलेका थिए ।

खेलको ‘म्यान अफ दी म्याच’ मुस्ताफाले अविजित रहँदै ५२ बलमा ५९ रन जोडेका थिए ।  हयातले ४७ बलमा ७० रन जोड्दै टोलीको इनिङ्स माथि उकासेका थिए ।

प्रतियोगिताअन्तर्गत बुधबार लिग चरणको अन्तिम खेल समूहमा दोस्रो स्थानमा रहेको बुटवल व्लास्टर्स र विराटनगर टाइटन्सबीच हुनेछ ।

बुटवलले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ भने विराटनगरलाई प्लेअफमा पुग्न फराकिलो अन्तरको जीत आवश्यक हुनेछ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ५ : १८ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको