पीपीएल क्रिकेटः अपराजित रहँदै चितवन फाइनलमा प्रवेश | Khabarhub Khabarhub

पीपीएल क्रिकेटः अपराजित रहँदै चितवन फाइनलमा प्रवेश


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन राइनोज पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग(पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज आफ्नो लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोल्डेन वारियर्सलाई ६० रनको फराकिलो अन्तरले पराजित गरी चितवन फाइनलमा प्रवेश गरेको हो ।

साविक उपविजेता राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काको टोली चितवनले लिग चरणका पाँचै खेलमा अपराजित रहँदै समूह विजेता बनेर १० अङ्क जोड्न सफल भएको हो । चितवनसँगको पराजयसँगै राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लको टोली प्लेअफ खेल्नका लागि बुधबार बुटवल र विराटनगरबीचको खेलको नतिजामा निर्भर रहनुपर्ने भएको छ ।

खेलमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको चितवनले पूरै ओभर खेल्दै चार विकेट गुमाएर १ सय ६७ रनको स्कोर खडा गरेको थियो । प्लेअफमा स्थान सुरक्षित गर्नका लागि १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ २० ओभरमा पूरै विकेट गुमाउँदै १०७ रनमा समेटिएको थियो ।

काठमाडौँका कप्तान मल्लले ३९ बलमा ४० रन जोडे पनि टोलीलाई जिताउन सक्नुभएन । त्यस्तै पवन सर्राफले १९ बलमा २७ तथा पृथु बास्कोटा २३ बलमा १८ रन जोड्नुबाहेक अन्य आठ ब्याट्सम्यानले दोहोरो अङ्कको रन लिन सकेन ।  शुरुवाती ब्याट्सम्यान जयकृष्ण कोल्सावाला र अमृत श्रेष्ठले एक दशमलव चार ओभरमा मात्र दुई रन जोडेपछि काठमाडौँ दवावमा आएको थियो ।

सन्नी पटेलले चार ओभर बलिङमा एक मेडन ओभर राख्दै १९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । रोहन मुस्ताफाले दुई तथा करण केसी, भुवन कार्की, रामनरेश गिरी र पारस खड्काले एकएक विकेट लिएका थिए ।

चितवनका शुरवाती ब्याट्सम्यान रोहन मुस्ताफा तथा तेस्रो क्रममा इनिङ्स सम्हाल्न आभएका बाबर हायातले अर्धशतकीय पारी खेलेका थिए ।

खेलको ‘म्यान अफ दी म्याच’ मुस्ताफाले अविजित रहँदै ५२ बलमा ५९ रन जोडेका थिए ।  हयातले ४७ बलमा ७० रन जोड्दै टोलीको इनिङ्स माथि उकासेका थिए ।

प्रतियोगिताअन्तर्गत बुधबार लिग चरणको अन्तिम खेल समूहमा दोस्रो स्थानमा रहेको बुटवल व्लास्टर्स र विराटनगर टाइटन्सबीच हुनेछ ।

बुटवलले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ भने विराटनगरलाई प्लेअफमा पुग्न फराकिलो अन्तरको जीत आवश्यक हुनेछ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ५ : १८ बजे

गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

गोरखा – गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ

मदन भण्डारी फाउन्डेसनको अध्यक्ष बनिन् उषा किरण

काठमाडौं – मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषा किरण भण्डारी चयन

शिक्षक अन्तिम लडाइँमा छौँ : अध्यक्ष सुवेदी

काठमाडौं – नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार : मधेश स्वास्थ्य मन्त्रालयका सचिवविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सामाजिक विकास

भान कोभर दुर्घटनामा मर्नेको उमेर पाँचदेखि ६५ वर्षसम्म

क्यानडा – क्यानडाको भान कोभरमा रहेका फिलिपिनोहरुले पर्व मनाइरहेको समयमा