शेयर बजार घट्यो, आज ७२ करोड बढीको कारोबार « Khabarhub

शेयर बजार घट्यो, आज ७२ करोड बढीको कारोबार


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो र दोस्रो दिन लगातार उकालो लागेको शेयर बजारमा तेस्रो दिन मंगलबार सामान्य ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक २.३७ अंकले घटेर ११६६ अंकमा झरेको छ ।

मंगलबारको बजारमा कूल ७२ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । दिनभर कूल १७१ कम्पनीको २० लाख २९ हजार ८१५ कित्ता शेयर किनबेच भएको छ ।

जसमध्ये सबैभन्दा बढी शिवम् सिमेन्टस्को १० करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जसको शेयर मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ रहेको छ । त्यस्तै, नागरिक लगानी कोषको ८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

बजारमा चार कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेकाके छ । सबैभन्दा बढी सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ९.८९ प्रतिशतले वृद्धि भएको छ । कञ्चन डेभलपमेन्ट बैंकको ९.५७, पाँचथर पावर कम्पनीको ९.४३ र छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य ९.४१ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ५ : ४८ बजे

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ : हर्क साम्पाङ

खोटाङ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि

म्याग्दीबाट कांग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस

म्याग्दी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एनपीएल विजेता टोलीलाई राष्ट्रपतिले दिए बधाई

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूत बर्लिनमा भेट्दै

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले