दूतावासको संरक्षणमा बसेका १० उत्तर कोरियालीलाई ‘डिपोर्ट’ « Khabarhub

दूतावासको संरक्षणमा बसेका १० उत्तर कोरियालीलाई ‘डिपोर्ट’


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपालस्थित उत्तर कोरियाली दूतावासको संरक्षणमा बसेका १० उत्तर कोरियाली नागरिकलाई ‘डिपोर्ट’ गरिएको छ ।

सरकारी निर्णयलाई अटेर गर्दै नेपालमै बसेका १० जनालाई मंसिर २९ गते डिपोर्ट गरिएको हो । उनीहरुलाई हिमालयन एयरलाइन्सको जहाजबाट चीनको बेइजिङ हुँदै फिर्ता पठाइएको थियो ।

नेपालमा व्यवसाय गर्ने नाममा बसेका उत्तर कोरियालीलाई फिर्ता पठाउने सरकारी निर्णयलाई नटेरी दूतावासको संरक्षणमा बसेका उनीहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय अनुसन्धान विभागको पहलमा फिर्ता पठाएको हो।

सरकारलाई नै अटेर गर्दै बसेका पासपोर्ट नम्बर १०८३३१२९८ का क्वाङ हो, पासपोर्ट नम्बर १०८२३२८६५ का योङ एम सिन, पासपोर्ट नम्बर १०८२३२८१३ का कोयङ ई जी, पासपोर्ट नम्बर १०८२३२८०९ का चाङ नाम री, पासपोर्ट नम्बर १०८२३२८६७ का उन हा हवाङ, पासपोर्ट नम्बर १०८२३२८५० का कुम योङ जोङ, पासपोर्ट नम्बर १०८२३२८६६ का सुन हुइ पाक, पासपोर्ट नम्बर १०८२३२८११का वन मोयङ किम र पासपोर्ट नम्बर १०८२३२८७१का इल रान होलाई फिर्ता पठाइएको हो ।

अटेर गरेर बसेका उनीहरुलाई पक्राउ गरी डिपोर्ट गरिएको प्रहरी स्रोतले जनाएको छ । उत्तर कोरियाले नेपालमा सञ्चालन गरेका अवैध गतिविधि र लगानीबारे खबरहबले निरन्तर समाचार प्रकाशन गरेसँगै सरकारले ताकेता गरेर उत्तरकोरियाली व्यवसाय बन्द गराएको थियो ।

पछिल्लो समय उत्तरकोरियाली गतिविधि र उत्तरकोरियालीको चहलपहलले नेपालमा सुरक्षा चुनौती बढ्ने भन्दै सुरक्षा निकायले निरन्तर निगरानी गर्दै आएको छ ।

नेपालमा भएको उत्तरकोरियाली गतिविधि रोक्न अमेरिकाले पनि आग्रह गरेको थियो । संयुक्त राष्ट्रसंघले पनि सुरक्षा परिषदबाट पारित बाध्यकारी नाकाबन्दीको कार्यान्वयन गर्न नेपाल सरकारलाई पत्रचार नै गरेको थियो ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १० : ३४ बजे

मनसुन सक्रिय : पाँचमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच