रोकिएन कांग्रेसमा विवाद– केन्द्रीय समितिको निर्णय विरुद्ध जिल्ला सभापतिहरुको भेला « Khabarhub

रोकिएन कांग्रेसमा विवाद– केन्द्रीय समितिको निर्णय विरुद्ध जिल्ला सभापतिहरुको भेला


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज आइतबार । आज प्रकाश भएको नयाँ पत्रिका दैनिकले लगानी सम्मेलनमा ३९ खर्बका परियोजना शिर्षका समाचार प्रकाशन गरेको छ । त्यसै गरि पहिलो पृष्ठमा नयाँ पत्रिकाले कांग्रेस केन्द्रीय समितिको निर्णयविरुद्ध भेला गर्दै जिल्ला सभापतिहरु शीर्षकको समाचार प्रकाशन गरेको छ ।

समाचारमा अगाडि लेखिएको छ– केन्द्रीय सदस्य सीधै महाधिवेशन प्रतिनिधि बन्ने पार्टी केन्द्रीय समितिको निर्णयविरुद्ध कांग्रेसका जिल्ला सभापतिहरूले भेला बोलाएका छन् ।

सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले महासमिति बैठक समापन समारोहमा गरेको प्रतिबद्धता २१ फागुनको केन्द्रीय समिति बैठकले उल्ट्याएपछि असन्तुष्ट सभापतिहरूले २० र २१ चैतमा काठमाडौंमा भेला डाकेका हुन् ।

२९ मंसिरदेखि ८ पुससम्म चलेको महासमिति बैठकमा अधिकांश जिल्ला सभापतिले केन्द्रीय नेताहरू पनि महाधिवेशन प्रतिनिधिका लागि बुथबाटै चुनिएर आउनुपर्ने आवाज उठाएका थिए । उनीहरूले समानुपातिक चुनाव प्रणालीमा आरक्षणको सुविधा पनि एकपटक मात्रै लिन पाउने व्यवस्था विधानमा राख्न माग गरेका थिए । जिल्ला सभापतिहरूको माग सम्बोधन गर्दै महासमिति समापन कार्यक्रममा सभापति देउवा र नेता पौडेलले केन्द्रीय समिति बैठकबाट कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।

‘केन्द्रीय समितिको बहुमतले आफूभन्दा माथिल्लो निकाय महासमिति बैठकमा सभापति र नेताले जनाएको प्रतिबद्धता उल्ट्याउने काम गर्‍यो,’ नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले भने, ‘त्यसविरुद्ध चरणबद्ध दबाब दिन रणनीति तय गर्न सभापति भेला आयोजना गर्ने निर्णय गरेका हौँ ।’ काठमाडौंमा उपलब्ध सभापतिहरूको बैठकले भेला डाक्ने निर्णय गरेको उनले बताए ।

महासमिति बैठकअघि १२ र १३ मंसिरमा नुवाकोटको ककनीमा बसेको जिल्ला सभापतिहरूको भेलाले विधान संशोधनका लागि २४ वटा बुँदा तय गर्दै सुझाबका रूपमा सभापति देउवालाई बुझाइएको थियो । २३ र २४ नम्बर बुँदामा केन्द्रीय नेताहरू बुथबाट निर्वाचित भएर आउनुपर्ने र आरक्षण कोटाको उपयोग एकपटक मात्रै दिइनुपर्ने माग गर्दै संशोधित विधानमा समावेश गर्न भनेका थिए । महासमिति बैठकमा पनि ५० भन्दा बढी सभापतिले लिखित रूपमै यो माग राखेका थिए ।

महासमितिमा नेतृत्वले पनि प्रतिबद्धता जनाएको विषय केन्द्रीय समितिको बहुमतले उल्ट्याएपछि २१ फागुनमा ५६ जिल्ला सभापतिहरूले हस्ताक्षरसहित विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ६ : ५२ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि