तत्काल दुखाइ कम गर्ने पेनकिलर पछि हुन्छ घातक « Khabarhub

तत्काल दुखाइ कम गर्ने पेनकिलर पछि हुन्छ घातक


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार(आज)को नयाँ पत्रिका दैनिकले पहिलो पृष्ठमा तत्काल दुखाइ कम गर्ने पेनकिलर दीर्घकालमा घातक शीर्षकको समाचार प्रकाशन गरेको छ ।

समाचारमा जनाइएक अनुसार नेपालमा रुघा लाग्दादेखि टाउको दुख्दासम्म राहतका लागि पेनकिलर नै सेवन गर्ने चलन बसेको छ ।

दुखाइको समस्यामा चिकित्सकले सजिलै पेनकिलर चलाइदिन्छन् र बिरामी तत्काल राहत अनुभव गर्दै खुसी हुन्छन् ।

पेनकिलरले दीर्घकालमा गम्भीर असर निम्त्याउनेमा कमै सर्वसाधारण जानकार छन्, चिकित्सक भने जानकार भएर पनि नजरअन्दाज गरिरहेका छन् । अन्जानमै लामो समय पेनकिलर प्रयोग गर्दा कैयौँको मिर्गौला, मुटुलगायत भित्री अंग ड्यामेज भएका छन् ।

‘मधुमेह, उच्च रक्तचाप, हाई कोलेस्टोरल र मिर्गौलाको समस्या हुँदा पेनकिलर झन् हानिकारक हुन्छ,’ वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा

ऋषिकुमार काफ्ले भन्छन्, ‘मुख सुक्यो, पिसाब घट्यो भन्दै आउने बिरामीले पेनकिलर प्रयोग गरेको पाइयो । यसले मिर्गौला, मुटुलगायत भित्री अंग खतम गरिदिन्छ ।’
उच्च रक्तचाप र घुँडाको दुखाइ कम गर्न स्थानीय स्वास्थ्यकर्मीको सिफारिसमा पाँच वर्षदेखि पेनकिलर सेवन गर्दै आएका सुनसरीका सुदेश लम्साल अहिले डाक्टरले साइडइफेक्टबारे बताएपछि तनावमा छन् ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल नेपालमा धेरै बिक्री हुने औषधिको सूचीमा पेनकिलर पनि पर्ने बताउँछन् ।

पेनकिलरबारे अनुसन्धान गरेर आमनागरिकमा चेतना फैलाउन आवश्यक रहेको उनले बताए । नेपालमा ब्रुफेन, भोभेरान, ट्रामाडोल, निमेसुलाइड, डाइक्लोफेनेकलगायत पेनकिलर बढी प्रयोगमा छन् ।

पेनकिलरले निम्त्याउने समस्या

पेनकिलर अत्यधिक सेवन गर्दा फेक्सो खराब हुने तथा दमलगायत श्वासप्रश्वासको समस्या हुन्छ ।
पेनकिलर धेरै सेवन गर्ने व्यक्तिको पेटमा घाउ नै बन्छ । यसले ग्यास्ट्रिक हुने, छातीमा जलन हुने, पेट दुख्ने र बान्ता हुने समस्या ल्याउँछ ।
लामो समयसम्म पेनकिलर सेवन गर्दा मिर्गौला नै बिग्रन्छ । रगत दूषित बनाएर हृदयाघात गराउँछ ।
पेनकिलर निरन्तर प्रयोग गर्दा कलेजोको सेल्स मर्न थाल्छन् । यो अवस्थामा व्यक्ति दुब्लाउँदै जाने र भोक कम लाग्ने हुन्छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ६ : ५८ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण