निकुञ्जभित्र पानीको अभाव भएपछि दुर्घटनामा परे वन्यजन्तु « Khabarhub

निकुञ्जभित्र पानीको अभाव भएपछि दुर्घटनामा परे वन्यजन्तु


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्याप्त पानीको स्रोत नहुँदा वन्यजन्तु सडक दुर्घटनामा पर्ने गरेका छन् । निकुञ्जभित्र पानीको अभाव भएपछि स्थायी स्रोत राप्ती नदी पुग्न पूर्वपश्चिम राजमार्गमा ओहोरदोहोर गर्नुपर्दा वन्यजन्तु सवारीसाधनसँग ठोक्किएर दुर्घटनामा पर्ने गरेका हुन् ।

निकुञ्जको पूर्वपश्चिम राजमार्ग सडकखण्डमा सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु हुने सङ्ख्या वृद्धि हुँदै गएको छ । पूर्वपश्चिम राजमार्गको ७५ किलोमिटर निकुञ्जभित्र पर्दछ । यो क्षेत्रमा गत वर्ष ७२ जनावर दुर्घटनामा परी मरेका थिए भने यो वर्ष ३६ वन्यजन्तुको सवारी दुर्घटनामा परी मृत्यु भइसकेको बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकृत विष्णुप्रसाद थपलियाले जानकारी दिए ।

उनका अनुसार १०/१५ दिनयता दुर्घटनामा वृद्धि भएको छ । सवारी चालकले तीव्रगतिमा सवारीसाधन चलाउँदा दुर्घटना हुने गरेको छ । सवारीसाधनसँग ठोक्किएर दुर्घटनामा बँदेल, चित्तल, जरायो, बाँदर पर्ने गरेका छन् । दुर्घटनामा बढी बँदेलको मृत्यु हुने गरेको छ । दैनिकरूपमा कुनै न कुनै जनावर सडक दुर्घटनामा परी मृत्यु हुने गरेको पाइएको छ । निकुञ्जको चुरे क्षेत्रमा पानी अभाव रहेकाले तल्लो तटीय क्षेत्रमा पानीका लागि राजमार्ग पार गरेर वन्यजन्तु राप्ती नदी क्षेत्रमा जाने क्रममा सवारी दुर्घटनामा पर्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

राप्ती सोनारी गाउँपालिकाको ओभरीदेखि अगैयासम्मको सडकखण्डमा बढी सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु हुने गरेको निकुञ्जको तथ्याङ्कले देखाउँछ । दुर्घटनामा संलग्न सवारीसाधन पक्राउ गरी कारवाही गरेको देखिँदैन । सूचना अधिकृत थपलियाले दुर्घटनाको सूचना ढिलो प्राप्त हुने भएका कारण सवारीसाधन पक्राउ गर्न समस्या हुने गरेको बताए ।

निकुञ्जको दुई ठाउँमा सवारीसाधन जाँच हुने गरेको छ । त्यो पर्याप्त छैन । रातिको समयमा बढी दुर्घटना हुने गरेको सूचना अधिकृत थपलियाले बताए । उनक अनुसार, दुर्घटना न्यूनीकरण गर्न निकुञ्ज कार्यालयले सिसी क्यामेरा जडान वा जाँच केन्द्र थप गरी टाइमकार्ड लागू गर्ने विषयमा छलफल भइरहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ७ : २८ बजे

‘जेन-जी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व हो : मन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेन-जी सहिद’ योद्धाका अधुरा सपना पूरा

आजका समाचार : कांग्रेसबाट धमाधम उम्मेदवार सिफारिस, एमालेमा तानातान, महाधिवेशनको तयारी तीव्र, सुदूरपश्चिम दोस्रो पटक फाइनलमा र इजरायली आक्रमणमा ६७ पत्रकार मारिए

यातायातसम्बन्धी सर्वोच्चका आदेश कार्यान्वयन गर्न जाँचबुझ आयोगसरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको दौडधूप, प्रधानमन्त्रीसहितको उच्च नेतृत्वसँग एकैदिन भेटघाट   

काठमाडौं– भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुन्नु महावरले नेपाल

चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण

एजेन्सी – चीनले मंगलबार लङ–मार्च–४बी बोक्ने रकेटमार्फत नयाँ उपग्रह ‘याओगान–४७’

केपी-ईश्वर टकरावको विकल्प सर्वसम्मत शंकर पोखरेल

नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै छ । तर, पार्टीभित्रको राजनीतिक