निकुञ्जभित्र पानीको अभाव भएपछि दुर्घटनामा परे वन्यजन्तु « Khabarhub

निकुञ्जभित्र पानीको अभाव भएपछि दुर्घटनामा परे वन्यजन्तु


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्याप्त पानीको स्रोत नहुँदा वन्यजन्तु सडक दुर्घटनामा पर्ने गरेका छन् । निकुञ्जभित्र पानीको अभाव भएपछि स्थायी स्रोत राप्ती नदी पुग्न पूर्वपश्चिम राजमार्गमा ओहोरदोहोर गर्नुपर्दा वन्यजन्तु सवारीसाधनसँग ठोक्किएर दुर्घटनामा पर्ने गरेका हुन् ।

निकुञ्जको पूर्वपश्चिम राजमार्ग सडकखण्डमा सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु हुने सङ्ख्या वृद्धि हुँदै गएको छ । पूर्वपश्चिम राजमार्गको ७५ किलोमिटर निकुञ्जभित्र पर्दछ । यो क्षेत्रमा गत वर्ष ७२ जनावर दुर्घटनामा परी मरेका थिए भने यो वर्ष ३६ वन्यजन्तुको सवारी दुर्घटनामा परी मृत्यु भइसकेको बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकृत विष्णुप्रसाद थपलियाले जानकारी दिए ।

उनका अनुसार १०/१५ दिनयता दुर्घटनामा वृद्धि भएको छ । सवारी चालकले तीव्रगतिमा सवारीसाधन चलाउँदा दुर्घटना हुने गरेको छ । सवारीसाधनसँग ठोक्किएर दुर्घटनामा बँदेल, चित्तल, जरायो, बाँदर पर्ने गरेका छन् । दुर्घटनामा बढी बँदेलको मृत्यु हुने गरेको छ । दैनिकरूपमा कुनै न कुनै जनावर सडक दुर्घटनामा परी मृत्यु हुने गरेको पाइएको छ । निकुञ्जको चुरे क्षेत्रमा पानी अभाव रहेकाले तल्लो तटीय क्षेत्रमा पानीका लागि राजमार्ग पार गरेर वन्यजन्तु राप्ती नदी क्षेत्रमा जाने क्रममा सवारी दुर्घटनामा पर्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

राप्ती सोनारी गाउँपालिकाको ओभरीदेखि अगैयासम्मको सडकखण्डमा बढी सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु हुने गरेको निकुञ्जको तथ्याङ्कले देखाउँछ । दुर्घटनामा संलग्न सवारीसाधन पक्राउ गरी कारवाही गरेको देखिँदैन । सूचना अधिकृत थपलियाले दुर्घटनाको सूचना ढिलो प्राप्त हुने भएका कारण सवारीसाधन पक्राउ गर्न समस्या हुने गरेको बताए ।

निकुञ्जको दुई ठाउँमा सवारीसाधन जाँच हुने गरेको छ । त्यो पर्याप्त छैन । रातिको समयमा बढी दुर्घटना हुने गरेको सूचना अधिकृत थपलियाले बताए । उनक अनुसार, दुर्घटना न्यूनीकरण गर्न निकुञ्ज कार्यालयले सिसी क्यामेरा जडान वा जाँच केन्द्र थप गरी टाइमकार्ड लागू गर्ने विषयमा छलफल भइरहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ७ : २८ बजे

बैतडीमा बस दुर्घटनामा एकजनाको मृत्यु, १० घाइते

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–४, साइलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस

गठबन्धनरूपी विकृत युगको साक्षी भए पनि हामी साझेदार भएनौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही