पीएचडीको लक्ष्य राख्ने शान्ता छोरीसँग एसईई दिँदै « Khabarhub

पीएचडीको लक्ष्य राख्ने शान्ता छोरीसँग एसईई दिँदै


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– एसईई परीक्षा आजबाट मुलुकभर शुरु भएको छ । मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक प्रदेश सरकारको समन्वयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) भएको हो ।

परीक्षाको पहिलो दिन अहिले विद्यार्थीहरुले अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । यस पटकाको परीक्षामा प्रतिनिधिसभाकी सांसद शान्ता चौधरीसमेत सहभागी भएकी छिन् ।

पीएचडी गर्ने लक्ष्य राखेकी शान्ताले परीक्षा दिनुपूर्व आफ्नो फेसबुकमा प्रवेशपत्र सहितको तस्वीर राख्दै हर्षित मुद्रामा देखिएकी छिन् । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराहीमा कक्षा ८ मा भर्ना भएकी चौधरीले यसपाली आफ्नी १७ वर्षीय छोरीसँगै परीक्षा दिइरहेकी छिन् ।

शान्ता चौधरी ०६४ सालको संविधानसभामा सभासद् रहेकी थिइन् भने अहिले पनि संघीय संसदअन्तर्गत प्रतिनिधिसभा सदस्य समेत रहेकी छन् । उनी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की संसदीय दलकी सचेतक समेत हुन् ।

चौधरीको ‘कमलरीदेखि सभासद्’सम्म नामक पुस्तक निकै चर्चित बनेको थियो । उक्त पुस्तकमा उनले गरेका जीवन संघर्षका पाटाहरुलाई समेटिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ८ : ५२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको