रामोसको पेनाल्टी गोल निर्णायक बन्दा नर्वेविरुद्ध स्पेनको जीत « Khabarhub

रामोसको पेनाल्टी गोल निर्णायक बन्दा नर्वेविरुद्ध स्पेनको जीत


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कप्तान सर्जियो रामोसले खेलको ७१ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेपछि स्पेनले युरोपियन च्याम्पियनसिपको छनोटमा नर्वेलाई पराजित गरेको छ । छनोटको समूह एफ मा रहेको स्पेनले नर्वेलाई २—१ पराजित गरेको हो ।

शनिबार राति भएको खेलमा स्पेनले सुरुआती अग्रता बनाएको थियो । खेलको १६ औं मिनेटमा स्पेनका रोड्रिगोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म १—० को अवस्थामा रहेको स्पेन र नर्वेको खेलको ६५ औं मिनेटमा स्पेनका खेलाडीले फाउल गरेपछि नर्वेले पेनाल्टी अवसर पाएको थियो । उक्त पेनाल्टीलाई जोसयु किङ्ले गोलमा परिणत गरेपछि खेल १—१ को बराबरीमा पुगेको थियो ।

त्यसको ७ मिननेट नवित्दै अर्थात् खेलको ७१ औं मिनेटमा स्पेनले पनि पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी प्रहार गरेका कप्तान रामोसले नर्वेको गोलपोष्ट चुमाएपछि स्पेनले २—१ को नेतृत्व गरेको थियो ।

रामोसको उक्त गोल टिमको जितका लागि निर्णायक बन्यो । स्पेन सन् १९६४, २००८ र २०१२ को युरापा च्याम्पियनसिपको उपाधि उचालेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ९ : १३ बजे

सरकारलाई जेन-जी घाइतेकी आमाको प्रश्न- मेरो छोराको अप्रेशन कहिले हुन्छ ?

काठमाडौं–  जेन-जी आन्दोलनका घाइते अनिश सापकोटा अहिले उपचारका क्रममा छन् । 

सरकारविरुद्ध नाराबाजीपछि पक्राउ परे जेन-जी आन्दोलनका घाइते

काठमाडौं- नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ