कारागारका कैदीबन्दीमा मधुमेहको समस्या | Khabarhub Khabarhub

कारागारका कैदीबन्दीमा मधुमेहको समस्या


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


पर्वत– जिल्ला कारागार पर्वतमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको हो ।

पर्वत जिल्ला कारागारमा रहेका ९७ कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख सजिला महर्जनले जानकारी दिइन् । कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीको एचआइभी परीक्षण गर्नुका साथै सबैको क्षयरोग र पूर्णरूपमा स्वास्थ्य परीक्षण गरिएको महर्जनले जानकारी दिइन् ।

परीक्षण गरिएका सबै कैदीबन्दीमा एचआइभी नभेटिएको र जटिल खालका बिरामी पनि नभेटिएको महर्जनले बताइन् । उनका अनुसार केही बिरामीमा मधुमेहको समस्या देखिएकोले थप परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयमा बोलाइएको छ । कारागारका कैदीबन्दीको जिल्ला अस्पताल पर्वतका चिकित्सकले परीक्षण गरेका थिए ।

परीक्षणका क्रममा सामान्य रुघाखोकी र नियमित औषधि सेवन गर्नुपर्नेलाई औषधिसमेत वितरण गरिएको थियो । विभिन्न कसुरमा बन्दी जीवन बिताइरहेकालाई कारागारभित्र रहुञ्जेलसम्म स्वस्थ राख्ने उद्देश्यले पहिलोपटक स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।

२५ कैदीबन्दी क्षमताको जिल्ला कारागारमा अहिले झण्डै ४ गुणा बढी रहेका छन् । सङ्ख्या अत्यधिक हुँदा बसोबासमा समस्या भएको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ११ : ०५ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई