आईपीएल : ओपनिङ खेलमा सानो लक्ष्यको रेकर्ड बैंङ्लोरको नाममा « Khabarhub

आईपीएल : ओपनिङ खेलमा सानो लक्ष्यको रेकर्ड बैंङ्लोरको नाममा


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी — इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमै शनिबार रोयल च्यालेन्जर्स बैंङ्लोरले कमजोर शुआत गरेको छ ।

आईपीएलको १२ औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किङ्ससँग प्रतिस्पर्धा गरेको बैंङ्लोरले आईपीएल इतिहासमै कमजोर सुरुआत गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भारतीय राष्ट्रिय टोलीका कप्तान विराट कोहलीले नेतृत्व गरेको बैंङ्लोर, कप्तान कोहलीको विकेट पतन भएसँगै कमजोर बनेको थियो ।

कप्तान कोहली ६ रनमा आउट हुँदा चेन्नाईका स्पिनर हरबजन सिंह र इमरान ताहिरले उत्कृष्ट बलिङ गर्दै बैंङ्लोरलाई कमजोर सावित गरे ।

बैंङ्लोरले १७ ओभर १ बलमा सबै विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो । जुन आईपीएल उद्घाटन खेलको इतिहासमै सानो लक्ष्य बन्यो ।

बैङ्लोर मात्रै यस्तो टिम हो जसले उद्घाटन खेलमा विपक्षीसामू २ पटक सय रन भन्दा कम रनको लक्ष्य प्रस्तुत गरेको छ । यसअघि सन् २००८ मा बैङ्लोरले कोलकत्ताविरुद्धको आईपीएल उद्घाटन खेलमा ८२ रनको लक्ष्य दिएको थियो ।

योसँगै बैङ्लोर चार पटक आईपीएलमा सय रन भन्दा कम रन बनाएको छ । यसअघि सन् २०१४ मा युएईको अबुधावीमा भएको खेलमा पनि बैङ्लोर ७० रनमै समेटिएको थियो ।

बैंङ्लोरले दिएको यो अहिलेसम्मकै दोस्रो सानो लक्ष्य हो । सन् २०१४ मा बैङ्लोर कोलकत्ता नाइट राइडर्ससँग ४९ रनमा आउट भएको थियो ।

कप्तान विराट कोहलीले खेल पछि विकेट लगतार जानुले टोलीले ब्याटिङ सुधार्न नसकेको बताएका थिए । त्यस्तै, विजयी टिमका कप्तान महेन्द्रसिंह धोनीले पनि रन नबन्नुमा विकेट ब्याटिङ फेवर नभएको बताएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  १२ : १९ बजे

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति

विपद्‍को आशा बनेर चम्किएका पाँच अनुहार : कसैले ज्यान बचाए, कसैले लिए घर बनाउने जिम्मा

काठमाडौं- जब भोटेकोशी र त्रिशूलीको उर्लिँदो भेलले बस्ती बगाउँदै थियो,

मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि मध्यअफ्रिकी गणतन्त्रमा संयुक्त