फेसबूकमा सबैभन्दा बढी शेयर हुन्छ राजनीति, गर्भपतनको विषयमा धेरै कमेन्ट « Khabarhub

फेसबूकमा सबैभन्दा बढी शेयर हुन्छ राजनीति, गर्भपतनको विषयमा धेरै कमेन्ट


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


च्याटलाई बढी प्रभावकारी र अर्थपूर्ण बनाउनका लागि सामाजिक सञ्चाल फेसबूकले अघिल्लो वर्ष आफ्नो न्यूज फिडमा केही परिवर्तन गरेको थियो । तर, एक वर्षमै यो परिवर्तनको उल्टो असर देखिन थाल्यो ।

शोसल मिडिया इंगेजमेन्ट ट्र्याकिङ फर्म न्यूज ह्विपको एक अध्ययनका अनुसार फेसबूकले न्यूज फिडमा गरेको परिवर्तनको उल्टो असर देखिन थालेको तथ्य सार्वजनिक भएको हो ।

फेसबूले सन् २०१८ को जनवरीमा आफ्नो न्यूज फिडको एल्गोरिदममा केही परिवर्तन गर्ने घोषणा गरेको थियो । फेसबूकले न्यूज फिडमा परिवर्तन गरी विभिन्न सञ्चार तथा व्यापारिक प्रतिष्ठानले शेयर गर्ने पोस्टभन्दा पहिला पारिवारकि विषयसँग सम्बन्धित पोस्टहरुलाई बढी प्राथमिकता दिने बताएको थियो ।

तर, न्यूज ह्विपले गरेको अध्ययनमा दावी गरिएको छ कि, फेसबूकले न्यूज फिडमा गरेको यस्तो परिवर्तन पछि युजर्स (प्रयोगकर्ता)हरुले साइटमा पहिलेभन्दा धेरै नकरात्मक प्रतिक्रिया (एङ्ग्री रिएक्सन) दिएका छन् ।

अध्ययनकर्ताले फेसबूकले न्यूज फिडमा गरेको परिवर्तन पछि र त्यो परिवर्तनभन्दा पहिले प्रयोगकर्ताहरुले कस्तो प्रकारको सामग्री (कन्टेन्ट) शेयर गरिरहेका छन् र केन्टेन्टमाथि कस्तो प्रतिक्रिया आइरहेको छ भनेर अध्ययन गरेका थिए । जसबाट पत्ता लाग्यो फेसबूकले न्यूज फिडमा परिवर्तन गर्नुभन्दा अगाडिको तुलनामा परिवर्तन गरिएपछि धेरै नराम्रो प्रतिक्रिया आयो ।

फेसबूकले न्यूज फिपडमा परिवर्तन गरेपछि धम्की, डर र आक्रोश बाँड्ने खालका राजनीतिक पोस्टहरु बढी शेयर भएको पनि अध्ययनले देखाएको छ ।

राजनीतिक पोस्ट सबैभन्दा धेरै शेयर

न्जूज ह्वीपले आफ्नो अध्ययन प्रतिवेदनमा फेसबूकमा सबैभन्दा बढी शेयर भएका विषयवस्तुको सूची पनि तयार पारेको छ । जसअनुसार १०० पोस्ट शेयर हुँदा ३६ पोस्ट राजनीतिक विषयसँग सम्बन्धित हुन्छन् । यस्तै अर्थशास्त्रसँग सम्बन्धित पोस्टहरु सबैभन्दा कम ६ मात्रै शेयर हुन्छन् ।

यस्तै सामान्य खालका विषयवस्तुसँग सम्बन्धित १७ वटा पोस्ट शेयर हुन्छन् भने मृत्युसँग सम्बन्धित ११ र विज्ञानसँग सम्बन्धित १० वटा पोस्ट शेयर हुन्छन् ।

गर्भपतनसँग सम्बन्धित पोस्टमा सबैभन्दा बढी कमेन्ट

अघिल्लो वर्षमा फेसबूकमा शेयर गरिएका पोस्टमध्ये सबैभन्दा बढी कमेन्ट सीबीएनडट्कमले शेयर गरेको पोस्टमा मिलेको थियो । जसमा १० लाखभन्दा धेरै कमेन्टहरु मिलेका थिए । उक्त पोस्ट न्यूयोर्कमा भर्गपनलाई वैधानिक गर्नेसँग सम्बन्धित थियो ।

यस्तै फेसबूकमा सबैभन्दा शेयर गरिएको एक विषय ‘मोमो गेम’ थियो । जो डरको भावनासँग सम्बन्धित थियो ।

अध्ययनले देखाएको छ कि, फेसबूकमा सबैभन्दा बढी शेयर गरिने विषय प्रयोगकर्तालाई आक्रोश उत्पन्न गराउने तथा हिंसा बाँड्ने खालका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  १२ : २५ बजे

तस्बिरमा हेर्नुहोस्, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लान्यसको प्रतिस्पर्धा 

काठमाडौं– नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत खेलमा लुम्बिनी लायन्स

लुम्बिनीविरुद्ध सुदूरपश्चिमका बिनोदको अर्धशतक

काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को १३

पूर्वाधार निर्माणको योजनामा वातावरणीय पक्ष समावेश गर्न संयोजक डंगोलको निर्देशन 

काठमाडौं– काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगालले

नेपाली कम्युनिस्ट पार्टी र विभिन्न घटकबीच एकता घोषणा कार्यक्रम शुरू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकिकरण पक्षधर

घोराही–तुलसीपुर खण्डमा चार लेनको सडक निर्माण सुरु

दाङ– लामो प्रतीक्षापछि घोराही–तुलसीपुर चार लेन सडक निर्माण सुरु भएको