आजका समाचार : मधेसमा नयाँ सरकार गठन अन्योलमा, २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला र ट्रम्प-सी-पुटिनको भेट « Khabarhub

आजका समाचार : मधेसमा नयाँ सरकार गठन अन्योलमा, २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला र ट्रम्प-सी-पुटिनको भेट


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तातोपानी नाका खुलाउन परराष्ट्रमन्त्री खनालको जोड : चिनियाँ पक्षसँग के कुरा भयो ?

परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि जोड दिएका छन् ।

नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ्ग वानमिङ्गले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गरेको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन सम्बन्धित चिनियाँ पक्षसँग विशेष जोड दिएका हुन् ।

परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवा-भोटेकोशीको बाढीले रसुवागढी नाका बन्द भएको र अहिलेको हिउँदको अवस्थामा चीन जोड्ने अन्य उच्च हिमाली नाकाहरू पूर्ण रूपमा सञ्चालन हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष याङ्गलाई काठमाडौंबाट सबैभन्दा नजिक दुरीमा रहेको तातोपानी नाका तत्काल खोल्नका लागि विशेष जाेड दिए ।

‘तातोपानी नाका काठमाडौँबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ,’ परराष्ट्रमन्त्री खनालले भने, ‘यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको कनेक्टिभिटीका लागि तत्काल खुलाउन जरुरी छ।’

मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

विकास र सुरक्षित भविष्यबीच सन्तुलन आवश्यक : सभामुख अर्याल

रामकुमारी झाँक्री सवार कारलाई बसको ठक्कर

रास्वपाभित्रको विवादले मुलुकमा अस्थिरता बढाएको छ : वर्षमान पुन 

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छ : प्रवक्ता श्रेष्ठ

दल त्याग गरेको भन्दै जिसस प्रमुखसहित खोटाङका आठ जनप्रतिनिधि पदमुक्त

भारतसँग पर्यटन र हवाई सम्पर्क विस्तारमा मन्त्री पौडेलको जोड

२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला

नेकपा (एमाले) को राष्ट्रिय भेला २०८३ मङ्सिर २-३ गते कार्की बैंक्वेट काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले उद्घाटन गरेको भेलाले २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गरेको छ ।

भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको वापसीका लागि आन्दोलनको तयारी गर्ने सङ्कल्प गरेको छ ।

एमालेले राष्ट्रिय भेलाका निर्णय कार्यान्वयन गर्ने

मधेसमा नयाँ सरकार गठन अन्योलमा, नेतृत्वको विषयमा दलहरूबीच सहमति जुटेन

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

नयाँ दलप्रति ओलीको टिप्पणी : मौसमी छिचिमिरासँग डराउनु पर्दैन

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ : वरिष्ठ नेता भण्डारी

प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव- भारत भ्रमणमा पञ्चेश्वर आयोजना अघि बढाउनू

राष्ट्रिय हित र जनताका मुद्दामा एमाले एकताबद्ध हुनुपर्छ : बादल

भीमफेदी दुर्घटना अपडेट : तीन जनाको मृत्यु, सात घाइते

एनपीएलको दोस्रो क्वालिफायरमा चितवनले सुदूरपश्चिमलाई दियो १ सय ३४ रनको लक्ष्य

नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।

बिहीबार जारी खेलमा चितवनले सुदूरपश्चिमलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३३ रन बनायो ।

चितवनका लागि डाविड मलान एक्लैले ७१ रन बनाए । ५१ बलको सामना गरेका उनले ९ चौका र २ छक्का प्रहार गरे ।

तस्बिरमा हेर्नहोस्,चितवनको ब्याटिङ र सुदूरपश्चिमको बलिङ

ट्रम्प-सी-पुटिनको भेटमा के भयो कुराकानी ?

विश्वका तीन प्रमुख आणविक शक्ति राष्ट्रहरू अमेरिका, चीन र रुसका शीर्ष नेताहरूबीच बिहीबार चीनको दक्षिणी सहर सेन्जेनमा अभूतपूर्व एवम् ऐतिहासिक त्रिपक्षीय बैठक सम्पन्न भएको छ ।

एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसर पारेर सेन्जेनमा चलेको उक्त बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एउटै गोलमेचमा सहभागी भएका हुन् ।

चिनियाँ राष्ट्रपति सीले अध्यक्षता गरेको यस पहिलो त्रिपक्षीय शिखर वार्तामा मुख्यगरी आणविक हतियार नियन्त्रण, युक्रेन र इरानमा जारी युद्ध अन्त्य गर्ने उपाय तथा विश्वव्यापी व्यापारिक तनावका विषयमा छलफल भएको छ। बैठकको सुरुवाती मन्तव्यका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले यो भेटलाई ऐतिहासिक क्षणको संज्ञा दिँदै विश्वका सबैजसो जटिल समस्याहरूमाथि छलफल गरिने बताए।

इमरान खानको सुरक्षाका लागि उनका छोराले गरे अन्तर्राष्ट्रिय समुदायसँग अपिल

हसिनाको फिर्ती घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा

सेन्जेनको शक्तिशाली कूटनीतिक दृश्य : सीको पहलमा पुटिन र ट्रम्प एउटै टेबुलमा

एपेकमा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा छ : राष्ट्रपति सी

एआईको विकासमा अवरोध नगर्न ट्रम्पको आग्रह

एसिया–प्रशान्त सहयोगका लागि २ करोड अमेरिकी डलर खर्च गर्ने सीको घोषणा

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ८ : ०० बजे

अरुण तेस्रो प्रसारण लाइन प्रभावित जग्गाधनीद्वारा मुआब्जा पुनरावलोकनको माग

सङ्खुवासभा– अरुण तेस्रो जलविद्युत् आयोजनाको ४०० केभी प्रसारण लाइन निर्माणका

चालु आवको तीन महिना : मुद्रास्फीति ६.३७ प्रतिशत

काठमाडौँ– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वार्षिक विन्दुगत

चितवन र सुदूरपश्चिमको खेल हेर्न त्रिवि मैदानमा पुगेका समर्थक (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबार चितवन राइनोज र सुदूरपश्चिम

एनपीएलको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले