फेसबूकमा सबैभन्दा बढी शेयर हुन्छ राजनीति, गर्भपतनको विषयमा धेरै कमेन्ट « Khabarhub

फेसबूकमा सबैभन्दा बढी शेयर हुन्छ राजनीति, गर्भपतनको विषयमा धेरै कमेन्ट


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


च्याटलाई बढी प्रभावकारी र अर्थपूर्ण बनाउनका लागि सामाजिक सञ्चाल फेसबूकले अघिल्लो वर्ष आफ्नो न्यूज फिडमा केही परिवर्तन गरेको थियो । तर, एक वर्षमै यो परिवर्तनको उल्टो असर देखिन थाल्यो ।

शोसल मिडिया इंगेजमेन्ट ट्र्याकिङ फर्म न्यूज ह्विपको एक अध्ययनका अनुसार फेसबूकले न्यूज फिडमा गरेको परिवर्तनको उल्टो असर देखिन थालेको तथ्य सार्वजनिक भएको हो ।

फेसबूले सन् २०१८ को जनवरीमा आफ्नो न्यूज फिडको एल्गोरिदममा केही परिवर्तन गर्ने घोषणा गरेको थियो । फेसबूकले न्यूज फिडमा परिवर्तन गरी विभिन्न सञ्चार तथा व्यापारिक प्रतिष्ठानले शेयर गर्ने पोस्टभन्दा पहिला पारिवारकि विषयसँग सम्बन्धित पोस्टहरुलाई बढी प्राथमिकता दिने बताएको थियो ।

तर, न्यूज ह्विपले गरेको अध्ययनमा दावी गरिएको छ कि, फेसबूकले न्यूज फिडमा गरेको यस्तो परिवर्तन पछि युजर्स (प्रयोगकर्ता)हरुले साइटमा पहिलेभन्दा धेरै नकरात्मक प्रतिक्रिया (एङ्ग्री रिएक्सन) दिएका छन् ।

अध्ययनकर्ताले फेसबूकले न्यूज फिडमा गरेको परिवर्तन पछि र त्यो परिवर्तनभन्दा पहिले प्रयोगकर्ताहरुले कस्तो प्रकारको सामग्री (कन्टेन्ट) शेयर गरिरहेका छन् र केन्टेन्टमाथि कस्तो प्रतिक्रिया आइरहेको छ भनेर अध्ययन गरेका थिए । जसबाट पत्ता लाग्यो फेसबूकले न्यूज फिडमा परिवर्तन गर्नुभन्दा अगाडिको तुलनामा परिवर्तन गरिएपछि धेरै नराम्रो प्रतिक्रिया आयो ।

फेसबूकले न्यूज फिपडमा परिवर्तन गरेपछि धम्की, डर र आक्रोश बाँड्ने खालका राजनीतिक पोस्टहरु बढी शेयर भएको पनि अध्ययनले देखाएको छ ।

राजनीतिक पोस्ट सबैभन्दा धेरै शेयर

न्जूज ह्वीपले आफ्नो अध्ययन प्रतिवेदनमा फेसबूकमा सबैभन्दा बढी शेयर भएका विषयवस्तुको सूची पनि तयार पारेको छ । जसअनुसार १०० पोस्ट शेयर हुँदा ३६ पोस्ट राजनीतिक विषयसँग सम्बन्धित हुन्छन् । यस्तै अर्थशास्त्रसँग सम्बन्धित पोस्टहरु सबैभन्दा कम ६ मात्रै शेयर हुन्छन् ।

यस्तै सामान्य खालका विषयवस्तुसँग सम्बन्धित १७ वटा पोस्ट शेयर हुन्छन् भने मृत्युसँग सम्बन्धित ११ र विज्ञानसँग सम्बन्धित १० वटा पोस्ट शेयर हुन्छन् ।

गर्भपतनसँग सम्बन्धित पोस्टमा सबैभन्दा बढी कमेन्ट

अघिल्लो वर्षमा फेसबूकमा शेयर गरिएका पोस्टमध्ये सबैभन्दा बढी कमेन्ट सीबीएनडट्कमले शेयर गरेको पोस्टमा मिलेको थियो । जसमा १० लाखभन्दा धेरै कमेन्टहरु मिलेका थिए । उक्त पोस्ट न्यूयोर्कमा भर्गपनलाई वैधानिक गर्नेसँग सम्बन्धित थियो ।

यस्तै फेसबूकमा सबैभन्दा शेयर गरिएको एक विषय ‘मोमो गेम’ थियो । जो डरको भावनासँग सम्बन्धित थियो ।

अध्ययनले देखाएको छ कि, फेसबूकमा सबैभन्दा बढी शेयर गरिने विषय प्रयोगकर्तालाई आक्रोश उत्पन्न गराउने तथा हिंसा बाँड्ने खालका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  १२ : २५ बजे

विश्वकप लिग-२ : टस हारेर स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार हुने

दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन

हेटौँडा– आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२–०८३

विश्वकप लिग-२ : विकेट र रनको शीर्ष स्थानमा सन्दीप र दीपेन्द्र

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ मा नेपालका लागि सन्दीप लामिछानेले

कोरलानाकामा थप ‘बीटीएस’ सञ्चार उपकरण जडान

मुस्ताङ– मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बीटीएस टावरका

विषादीको विकल्पमा ‘जैविक झोल’को प्रयोग

म्याग्दी– म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि