क्षयरोगका बिरामीले किन गर्नुपर्छ एचआइभी परीक्षण ? | Khabarhub Khabarhub

क्षयरोगका बिरामीले किन गर्नुपर्छ एचआइभी परीक्षण ?


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्षयरोग माइक्रोब्याक्टेरियम ट्युवरक्युलोसिस नामक सुक्ष्म किटाणुबाट हुने सरुवा रोग हो । क्षयरोग फोक्सोमा हुने भए पनि केही व्यक्तिमा शरीरका अन्य भागमा हुनसक्छ । याे राेग बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा हावाको माध्यमबाट अन्य व्यक्तिलाई पनि सर्छ ।

क्षयरोगका लक्षण,

– २ हप्ता वा सोभन्दा बढी समय सम्म लगातार खोकी लागि रहनु,

– शरीरको तौल घट्नु,

– बेलुका र रातिको समसयमा ज्वरो आउनु,

– खानामा रुची नहुनु,

– खकारमा रगत देखिनु,

– श्वासप्रश्वासमा समस्या हुनु ।

यी समस्याहरु देखिएमा नजिकको स्वास्थ्यसंस्थामा खकार र अन्य स्वास्थ्य परिक्षण गर्नुपर्छ । चिकित्सकको सिफारिस अनुसार नियमित रुपमा पूरा मात्रामा औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ ।

तर औषधि सेवन शुरु गरेर बिचमा छोड्यो भने क्षयरोग निको नहुन पनि सक्छ । जसलार्य एमडीआर क्षयरोग भनिन्छ । एमडीआर क्षयरोग लागेका बिरामीलाई साधारण टिबीका औषधिले मार्न नसक्ने जीवाणुहरु हुन्छन् । एमडीआर टिबी निको पार्न कडा खालका औषधि लामो समयसम्म प्रयोग गर्नुपर्छ ।

क्षयरोगका बिरामीको किन गर्नुपर्छ एचआइभी परिक्षण ?

एचआइभी संक्रमण नभएको व्यक्ति भन्दा एचआइभी संक्रमण भएका व्यक्तिहरुमा क्षयरोग लाग्न सक्ने सम्भावना १० गुणा बढी हुन्छ । त्यसैले क्षयरोग लागेका व्यक्तिको एचआइभी परिक्षण गर्नुपर्छ ।  एचआईभी संक्रमितलाई पनि क्षयरोगको जाँच अनिवार्य गराउनुपर्छ ।

क्षयरोगबाट कसरी बच्ने ?

– बच्चा जिन्मँदा बिसीजी खोप लगाउनुपर्छ,

– समुदायमा रहेका क्षयरोगीहरु बेलैमा पत्त लगाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म क्षयरोगको औषधि सेवन गर्नुपर्छ,

– क्षयरोगका बिरामीले धुम्रपान, मध्यपान तथा लागु पर्दाथ सेवन गर्नु हुँदैन,

– क्षयरोगका बिरामीलाई पोषिलो खाना खुवाउने,

– रोगीको सम्पर्कमा नबस्ने,

– भिडभाडमा जादा मास्क प्रयोग गर्ने,

– धुँवाधुलोबाट बच्ने ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  १२ : ५८ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित