सशस्त्र प्रहरी सहायक निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक « Khabarhub

सशस्त्र प्रहरी सहायक निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– लोक सेवा आयोगले सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत माघ ४, ५ र ६ गते सञ्चालन गरेको परीक्षाको नतिजा केही दिन अगाडि सार्वजनिक गरेको थियो ।

जसमध्ये सशस्त्र प्रहरी सहायक निरीक्षकमा माग भएभन्दा धेरै कम उम्मेदवार मात्रै लिखित परीक्षामा नाम निकाल्न सफल भएका छन् । सशस्त्र प्रहरीले असईका लागि २ सय ३९ जना माग गरेकोमा ५५ जनाले मात्रै लिखित परीक्षामा नाम निकालेका छन् ।

सशस्त्र प्रहरीले असईका लागि खुलातर्फ १ सय २८ जना माग गरेकोमा ३९ जनाले नाम निकालेका छन् । यस्तै महिलातर्फ २२ जना माग गरिएकोमा ३ जना, आदिवासी जनजातितर्फ ३५ जना माग गरिएकोमा ८ जना, मधेसीतर्फ ३० जना माग गरिएकोमा ३ जना नाम निकाल्न सफल भएका छन् । यस्तै, दलिततर्फ १६ जना माग गरिएकोमा कसैले पनि नाम निकाल्न सकेनन् । पिछडिएको क्षेत्रअन्तर्गत ५ जना माग गरिएको २ जनाले मात्रै नाम निकालेका छन् । यस्तै अमर/अशक्त सशस्त्र प्रहरी कर्मचारीका परिवारका लागि ३ जनाको कोटा छुट्याएकोमा १ जनाले पनि नाम निकाल्न सकेनन् ।

हेर्नुहोस् लिखित परीक्षाको पूर्ण नतिजा,

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  १ : १६ बजे

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक