बालेन्द्रको राजीनामा माग्दै नेकपाको प्रदर्शन « Khabarhub

बालेन्द्रको राजीनामा माग्दै नेकपाको प्रदर्शन


२१ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै नेपाली कम्युनिष्ट पाटी(नेकपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ ।

सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपा आबद्ध जनवर्गीय संगठन समन्वय मोर्चाले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

उनीहरूले प्रधानमन्त्री सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने र राष्ट्रघाती दिने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरेका छन् । 

साथै प्रदर्शनकारीहरूले जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा, झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन, आत्मसमर्पणवादको विरोध गरौँ, जिम्मेवार बोल, सत्य बोल, राष्ट्रको सम्मान जोगाऊ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सो क्रममा नेकपाका नेता राजेन्द्र पाण्डेले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त घृणित, गैरजिम्मेवारपूर्ण र राष्ट्रिय अखण्डताकोविरुद्ध भएकाले विरोध गरिएको जानकारी दिए । 

उनले देशको प्रधानमन्त्रीले यस्तो कुरा बोलिसकेपछि अन्य विकसित मूलकहरूमा संसदबाट बाहिर निस्कने बित्तिकै राजीनामा दिनुपर्ने परिस्थिति हुने भए पनि नेपालमा यसलाई सामान्यीकरण गर्न खोजिएको भन्दै आपत्ति जनाए । 

नेता पाण्डेले यस विषयमा प्रधानमन्त्रीले बोल्न नहुने कुरा बोलेँ भनेर माफी माग्नुपर्ने र त्यसो नगरे राजीनामा दिनुपर्ने स्पष्ट पारे  । 

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ६ : ०३ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई