संसदमा प्रधानमन्त्रीको सम्वोधन– सरकारले तीव्र गतिमा काम गरिरहेको छ निराश हुनु पर्दैन | Khabarhub Khabarhub

संसदमा प्रधानमन्त्रीको सम्वोधन– सरकारले तीव्र गतिमा काम गरिरहेको छ निराश हुनु पर्दैन


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तिब्र गतिका साथ सकारात्मक बाटोमा अघि बढेको दाबी गरेका छन् ।

संसदको हिउँदे अधिवेशनको अन्तिम बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले सक्रियता र गतिशिलताका साथ काम गरिरहेको उल्लेख गरे । ‘यो वर्ष संसद् र सरकारको लागि गतिशिल रह्यो । सरकारले सक्रियता र गतिशिलताका साथ काम गरेको छ । हामी तिब्र गतिका साथ सकारात्मक बाटोमा अघि बढेका छौं ।’

प्रधानमन्त्री ओलीले राजनीतिक हिसावमा ठूला उपलव्धि हासिल गरेको भन्दै तिनलाई संस्थागत गर्दै अघि बढेको बताए ।

समाजमा व्याप्त अपराध, भ्रष्टाचार रोक्ने सन्दर्भमा र समाप्त पार्ने सन्दर्भमा सरकारले ठूलो उपलव्धि हासिल गरेको प्रधानमन्त्रीको दाबी थियो ।
सरकारले भ्रष्टाचार नियन्त्रण र सुरक्षामा उपलव्धि हासिल गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

‘३३ किलो सुन काण्ड कता हरायो ? भन्ने सुनिन्छ । भ्रष्टाचारको समबन्धमा के भयो ? भ्रष्टारमा धेरै कारवाहीमा परे भ्रष्टाचार त रहेछ नी भन्ने सुन्छि’ प्रधानमन्त्रीले भने,‘त्यसअनुसार नै सरकार बन्ने वित्तिकै सुन तस्करीका कारोबारीहरुलाई गिरफ्तार ग¥यौं । ४६ जनामाथि मुद्दा चल्यो । भारतमा पनि पक्राउ प¥यो, कञ्चनपुरमा जमिनमुनि फेला परेको पनि सुन्नुभएको होला ?’

प्रधानमन्त्रीले जो सुकै भएपनि भ्रष्टाचारिलाई कारवाही गर्ने दाबी गरे ।‘जहाँ भ्रष्टाचार छ त्यसमा कारवाही हुन्छ, जो सुकै होस् त्यसमा कारबाही हुन्छ ढाकछोप हुँदैन ।’

प्रधानमन्त्री ओलीले सरकारले देशमा सुशासन र विकाश चाहेको र त्यसका लागि अनियमितता ढिलासुस्ती र भ्रष्टाचारजस्ता कुरा सरकारले नसहने बताए ।

सरकारका काम अग्रगामी, विकास निर्माणका कामहरु तिब्र गतिमा भइरहेको भन्दै अहिले निराश बन्नु पर्ने अवस्था नरहेको प्रधानमन्त्रीको भनाइ थियो ।

सरकारले परराष्ट्रनीति छिमेकसम्बन्ध र अन्तर्राष्ट्रिय मामिलामा नेपालको नीति केहो भन्ने स्पष्ट पारेको प्रधानमन्त्रीको भनाइ थियो ।

नेपाल सार्वभौम सत्ता सम्पन्न स्वाधिन स्वतन्त्र भौगोलिक रुपमा अविभाज्य देश भएको र देशको रक्षा संवर्धन र यथार्थ प्रयोग सरकारको आधारभूत नीति रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले तेस्रो अधिवेशन अत्यन्तै सफल अधिवेशको रुपमा रहेको बताए । संसदबाट १२६ वटा ऐनहरु निर्माण भएको भन्दै प्रधानमन्त्री ओलीले कुनै संसदले सायद एक वर्षमा यति धेरै ऐनहरु पारित गरेको नपाइने भन्दै यो ऐतिहासिक रेकर्ड भएको जनाए । सफलता साथ ऐनहरु बन्नु सफता भएको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ४ : ०३ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका