एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री  « Khabarhub

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२ को नजिता समयमा नै सार्वजनिक गर्न सक्नु सुशासनको एउटा एकदमै महत्त्वपूर्ण कदम भएको बताएका छन् । 

शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा पोखरेलले तीन महिनाभन्दा बढी समय लाग्ने गरेकोमा यस पटक चालिस दिनभित्रै नजिता सार्वजनिक हुनु सुशासनको एउटा एकदमै महत्त्वपूर्ण कदम भएको बताएका हुन् । 

विश्वविद्यालयमा पनि छिटो छरितो काम गर्ने गरी कार्ययोजना बनिसकेको उनले बताए । मन्त्री पोखरेलले कक्षा १२ को परीक्षामा सोचेजस्तो नजिता नआएका विद्यार्थीहरूलाई पूरक परीक्षाको तयारी गर्न सुझाव दिए ।

कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले वैशाख र जेठ महिनामा मन्त्रिपरिषद्बाट भएका निर्णयहरू सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ३ : ४१ बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार