मालीमा गोठालालाई लक्षित गरी आक्रमण, १३४ जना मारिए | Khabarhub Khabarhub

मालीमा गोठालालाई लक्षित गरी आक्रमण, १३४ जना मारिए


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफ्रिकी मुलुक मालीको मध्य भेगमा बन्दुकधारीले फुलानी जातिका गोठालाहरुलाई लक्षित गरी आक्रमण गर्दा कम्तीमा १ सय ३४ जनाको ज्यान गएको छ ।

मालीको मध्य भेगमा रहेको मोप्टी क्षेत्रस्थित ओगोसागोउ गाउँमा हातहतियारसहित डोगोन सिकारी जातिको भेषमा आएका बन्दुकधारीले फुलानी गोठालालाई लक्षित गरी आक्रमण गरेको स्थानीय अधिकारीले जनाएका छन् । उनीहरुले गाउँलाई चारैतिरबाट घेरा हाली आक्रमण गरेका बताइएको छ ।

मारिनेमा गर्भवती महिला, बालबालिका र बृद्धवृद्धा समेत छन् ।

त्यहिँ नजिकै रहेको वेलिङ्गारा भन्ने गाउँमा पनि बन्दुकधारीले आक्रमण गरेको जनाइए पनि त्यहाँ भएको हताहतीको विवरण भने खुलाइएको छैन ।

फिरन्ते जीवनशैलीका फुलानी गोठालाहरु मालीसहित साहेल क्षेत्रका बुर्किना फासो, निजेर र अन्य क्षेत्रमा बसोबास गर्दै आएका छन् । फुलानी र अन्य जातीय समुदायबीच चरन क्षेत्र तथा अन्य प्रकृतिक श्रोतका लागि हिंसात्मक प्रतिस्पर्धा हुँदै आएको छ ।

आक्रमणमा कुन समूहको संलग्नता छ भन्ने स्पष्ट भइसकेको छैन । यद्यपि त्यस क्षेत्रमा विभिन्न जातीय समूहबीच हिंसा मच्चिँदै आएको छ ।

त्यस क्षेत्रमा इस्लामिक अतिवादीहरु पनि उत्तिकै सक्रिय छन् । इस्लामिक अतिवादीले त्यस क्षेत्रमा हुने जातीय द्वन्द्वलाई आफूअनुकूल प्रयोग गरी थप हिंसात्मक गतिविधि गर्दै आएको बताइन्छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ४ : ०५ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको