मालीमा गोठालालाई लक्षित गरी आक्रमण, १३४ जना मारिए « Khabarhub

मालीमा गोठालालाई लक्षित गरी आक्रमण, १३४ जना मारिए


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफ्रिकी मुलुक मालीको मध्य भेगमा बन्दुकधारीले फुलानी जातिका गोठालाहरुलाई लक्षित गरी आक्रमण गर्दा कम्तीमा १ सय ३४ जनाको ज्यान गएको छ ।

मालीको मध्य भेगमा रहेको मोप्टी क्षेत्रस्थित ओगोसागोउ गाउँमा हातहतियारसहित डोगोन सिकारी जातिको भेषमा आएका बन्दुकधारीले फुलानी गोठालालाई लक्षित गरी आक्रमण गरेको स्थानीय अधिकारीले जनाएका छन् । उनीहरुले गाउँलाई चारैतिरबाट घेरा हाली आक्रमण गरेका बताइएको छ ।

मारिनेमा गर्भवती महिला, बालबालिका र बृद्धवृद्धा समेत छन् ।

त्यहिँ नजिकै रहेको वेलिङ्गारा भन्ने गाउँमा पनि बन्दुकधारीले आक्रमण गरेको जनाइए पनि त्यहाँ भएको हताहतीको विवरण भने खुलाइएको छैन ।

फिरन्ते जीवनशैलीका फुलानी गोठालाहरु मालीसहित साहेल क्षेत्रका बुर्किना फासो, निजेर र अन्य क्षेत्रमा बसोबास गर्दै आएका छन् । फुलानी र अन्य जातीय समुदायबीच चरन क्षेत्र तथा अन्य प्रकृतिक श्रोतका लागि हिंसात्मक प्रतिस्पर्धा हुँदै आएको छ ।

आक्रमणमा कुन समूहको संलग्नता छ भन्ने स्पष्ट भइसकेको छैन । यद्यपि त्यस क्षेत्रमा विभिन्न जातीय समूहबीच हिंसा मच्चिँदै आएको छ ।

त्यस क्षेत्रमा इस्लामिक अतिवादीहरु पनि उत्तिकै सक्रिय छन् । इस्लामिक अतिवादीले त्यस क्षेत्रमा हुने जातीय द्वन्द्वलाई आफूअनुकूल प्रयोग गरी थप हिंसात्मक गतिविधि गर्दै आएको बताइन्छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ४ : ०५ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी