प्रमुख निर्वाचन आयुक्त यादव र आयुक्त शर्माको कार्यकाल सकियो « Khabarhub

प्रमुख निर्वाचन आयुक्त यादव र आयुक्त शर्माको कार्यकाल सकियो


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव निर्वाचन आयोगबाट विदा भएका छन् ।

२०६३ साल यता ६–६ वर्ष गरी लगातार २ कार्यकाल निर्वाचन आयोगमा रहेका यादव आइतवार विदा भएका हुन् ।

२७ पुष २०६३ मा निर्वाचन आयुक्तको रुपमा नियुक्त भएका यादव त्यसपछि प्रमुख निर्वाचन आयुक्तमा नियुक्त भएका थिए ।

आइतवार आफ्नो विदाइका लागि कान्तिपथस्थि आयोगको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै यादवले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गराउन पाएकोमा आफूलाई गौरवको अनुभूति भएको बताए ।

विदाइ कार्यक्रममा बोल्दै यादवले निर्वाचन गर्ने मिति कानूनमै व्यवस्था गर्नुपर्ने धारणा राखे ।

आयुक्त इला शर्माको पनि कार्यकाल सकियो

निर्वाचन आयुक्त इला शर्माको पनि आइतबार कार्यकाल सकिएको छ । ११ चैत २०६९ मा निर्वाचन आयुक्तमा नियुक्त भएकी शर्माको आइतबार ६ वर्षे कार्यकाल पूरा भएको हो ।

उनी आइतवार उपत्यका बाहिर रहेकाले विदाइ कार्यक्रम भने नगरिएको निर्वाचन आयोगका प्रवक्ता शंकर प्रसाद खरेलले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त यादव र आयुक्त शर्माको विदाइ पछि अब नरेन्द्र दाहालले कार्यवाहक प्रमुख निर्वाचन आयोगको जिम्मेवारी सम्हाल्ने प्रवक्ता खरेलले जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ५ : ५७ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा