प्रमुख निर्वाचन आयुक्त यादव र आयुक्त शर्माको कार्यकाल सकियो « Khabarhub

प्रमुख निर्वाचन आयुक्त यादव र आयुक्त शर्माको कार्यकाल सकियो


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव निर्वाचन आयोगबाट विदा भएका छन् ।

२०६३ साल यता ६–६ वर्ष गरी लगातार २ कार्यकाल निर्वाचन आयोगमा रहेका यादव आइतवार विदा भएका हुन् ।

२७ पुष २०६३ मा निर्वाचन आयुक्तको रुपमा नियुक्त भएका यादव त्यसपछि प्रमुख निर्वाचन आयुक्तमा नियुक्त भएका थिए ।

आइतवार आफ्नो विदाइका लागि कान्तिपथस्थि आयोगको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै यादवले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गराउन पाएकोमा आफूलाई गौरवको अनुभूति भएको बताए ।

विदाइ कार्यक्रममा बोल्दै यादवले निर्वाचन गर्ने मिति कानूनमै व्यवस्था गर्नुपर्ने धारणा राखे ।

आयुक्त इला शर्माको पनि कार्यकाल सकियो

निर्वाचन आयुक्त इला शर्माको पनि आइतबार कार्यकाल सकिएको छ । ११ चैत २०६९ मा निर्वाचन आयुक्तमा नियुक्त भएकी शर्माको आइतबार ६ वर्षे कार्यकाल पूरा भएको हो ।

उनी आइतवार उपत्यका बाहिर रहेकाले विदाइ कार्यक्रम भने नगरिएको निर्वाचन आयोगका प्रवक्ता शंकर प्रसाद खरेलले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त यादव र आयुक्त शर्माको विदाइ पछि अब नरेन्द्र दाहालले कार्यवाहक प्रमुख निर्वाचन आयोगको जिम्मेवारी सम्हाल्ने प्रवक्ता खरेलले जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ५ : ५७ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६