विद्युत विस्तारमा अनियमितता, १० जना विरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा दर्ता | Khabarhub Khabarhub

विद्युत विस्तारमा अनियमितता, १० जना विरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा दर्ता


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– भोजपुरको षडानन्द नगरपालिकाको वडा नम्बर ५ र ६ मा विद्युत विस्तार गर्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा ५८ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेर वडा नम्बर ५ र ६ मा विद्युत विस्तारको काम शुरु गरिएको थियो । तर, आयोजना १७ प्रतिशत मात्रै काम सम्पन्न भएको अवस्थामा सबै काम सकिएको झुट्टो प्रतिवेदन बनाएर अनयमितता गरेको भन्दै अख्तियारले नगरपालिकाका कर्मचारीसहित उपभोक्ता समितिका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रशाकीय प्रमुख जयनारायण खनालसहित १० जनाविरुद्ध २ करोड ७९ लाख २७ हजार ५ सय ७९ रुपैयाँ ७ पैसा बिगो दावी गर्दै मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ६ : ११ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास