जापानसँग श्रम समझदारीमा सोमबार हस्ताक्षर हुँदै, पहिलो चरणमा ४ क्षेत्रका कामदार प्राथमिकतामा « Khabarhub

जापानसँग श्रम समझदारीमा सोमबार हस्ताक्षर हुँदै, पहिलो चरणमा ४ क्षेत्रका कामदार प्राथमिकतामा


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली श्रमिकलाई जापान लैजाने विषयमा नेपाल र जापानबीच सोमबार कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको छ । समझदारी पत्रमा हस्ताक्षर गरिएपछि आगामी १ अप्रिलदेखि नेपाली कामदार जापान लैजाने विषयमा प्रक्रिया अघि बढ्ने छ ।

एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानमा प्रविधिक कमिटिका अधिकारीहरूले हस्ताक्षर गर्दैछन् । सोही अनुसार आगमी अप्रिल १ गतेदेखि भाषा परीक्षाको तयारी हुने मन्त्रालयको भनाइ छ ।

१६ वर्ष अघि पनि नेपाली कामदार जापान लैजाने विषयमा नेपाल र जापानबीच ‘जिट्को मोडल’मा समझदारी भएको थियो । जापान इन्टरनेसनलको ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मोडेल अन्तर्गत सन् २००३ मा विभिन्न क्षेत्रमा परीक्षार्थी कामदार आपूर्ति गर्ने विषयमा सरकारीस्तरमा सहमति भएको थियो । जिट्कोमार्फत हालसम्म ३ सय परिक्षार्थी कामदार जापान पुगेको वैदेशिक रोजगार विभागको तंथ्याक छ । ती कामदारलाई विभिन्न म्यानपावर कम्पनीले पठाएका थिए ।

तर, सहमति अनुसार नेपालले जापानमा परीक्षार्थी कामदार पठाउन नसकेपछि अहिले ‘एमओसी’ प्रक्रियामार्फत नेपाली कामदार पठाउन लागेको हो । नयाँ प्रक्रिया र संरचनाअनुसार श्रम सम्झादारी गरेर कामदार रोजगारीमा पठाउन गरी हस्ताक्षर हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार शाखा प्रमुख डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।

श्रम मन्त्रालयले सरकारले रोजगारीका लागि नेपाली कामदारलाई जुनसुकै देश पठाउँदा सरकारीस्तरमा श्रम समझदारी गरेर मात्र पठाउने योजना लिएको श्रम मन्त्रालयका सहसचिव डा घिमिरेले बताए ।

उनले भने, ‘श्रम मन्त्रालयले रोजगार गन्तव्य देशसँग श्रम सम्झौता वा समझदारी गर्दा कामदारको मानव अधिकार, अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ) को मापदण्ड भित्र रहेर सेवा सुविधा, २४ घन्टे बीमा र कामदार लिँदा लाग्ने सेवा शुल्क रोजगारदाता देशले व्यहोर्नुपर्ने गरी सहमति हुन्छ ।’

प्राथमिकतामा ४ क्षेत्रमा
श्रम समझदारी भएसँगै जापानमा नेपाली कामदार लैजाने प्रक्रिया शुरु हुनेछ । पहिलो चरणमा जापानले ४ क्षेत्रलाई प्राथमिकतामा राखेको बुझिएको छ ।

सुरुवाती चरणमा स्वास्थ्य, उद्योग, केयरगिभर र कृषि क्षेत्रका कामदारलाई प्राथमिकता दिइने श्रम मन्त्रालयका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार जापान सरकारले नेपालबाट धेरै नर्सिङ, अनमी, केयरगिभर लगायत स्वास्थ्य क्षेत्रमा लिने प्रस्ताव गरेको छ ।

नयाँ भिसा श्रेणीअन्तर्गत आउँदो पाँच वर्षभित्रमा केयर गिभर, कृषि, उद्योगसहित यी प्राथमिकताका ४ क्षेत्रलाई बढाएर विभिन्न १४ वटा क्षेत्रमा करिव ४ लाख विदेशी कामदार भित्र्याउने जापानले लक्ष्य लिएको छ । जापान जानको लागि कामदार १८ वर्ष नाघेको
पछिल्लो समय अध्ययनका लागि जापान जाने नेपाली विद्यार्थीको संख्या बढ्दो छ ।

अध्ययन र अन्य भिसामा करिब ८० हजार नेपाली जापानमा रहेको परराष्ट्र मन्त्रालयको तंथ्याक छ । जसमा करिब ३० हजार नेपाली अध्ययन सकेर रोजगारीमा आवद्ध रहेको जनाइएको छ ।

श्रम समझदारीमा समेटिएका मुख्य बुँदा

  • दुई–दुई महिनामा भाषा परीक्षा हुने (वर्षमा ६ पटक)
  • जापानीज भाषा (एम फोर) अनिवार्य पास गर्नुपर्ने
  • २४ घन्टे बीमा सुविधा
  • कामदारको खर्च रोजगारदाता कम्पनीले नै व्येहोर्ने
  • श्रमिकले कम्तिमा ३ महिनाको तालिम लिएको हुनुपर्ने
  • करारअवधि ३ वर्षको हुने
  • कामदारले कम्पनी परिवर्तन गर्न पाउने व्यवस्था
  • परिवार लैजान पाउने व्यवस्था (फ्यामली भिसा)
  • तलब सेवा सुविधा जापानिज नागरिक वा सो सरह

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ७ : ५५ बजे

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त

सेख हमदले कसरी बदले कतारको भाग्य ?

काठमाडौँ – कतारलाई एक सानो र अस्तित्वका लागि संघर्षरत राष्ट्रबाट