बमसँगै राखेर विप्लव नेकपासँग वार्ता असम्भव : मन्त्री बाँस्कोटा (भिडियो सहित) | Khabarhub Khabarhub

बमसँगै राखेर विप्लव नेकपासँग वार्ता असम्भव : मन्त्री बाँस्कोटा (भिडियो सहित)


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हतियार बिसाएर आएमात्रै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता गर्ने दोहोर्‍याएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका भएका मन्त्री बास्कोटाले बमसँगै राखेर चन्द नेतृत्वको नेकपासँग वार्ताको कल्पना गर्न नसकिने पनि स्पष्ट पारे । नेपाल प्रेस इन्स्टिच्यूटले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री बाँस्कोटाले बम, बारुद बोकेर आतंक फैलाइरहेको चन्द नेतृत्वको नेकपाको पक्षमा समाचार सम्प्रेषण गरिएको भन्दै संचार माध्यामहरुप्रति पनि आक्रोश व्यक्त गरे ।

मन्त्री बास्कोटाले राष्ट्रिय हितमा केन्द्रित भएर मर्यादित पत्रकारिता गर्न पनि सबै संचार माध्यामलाई सचेत गराएका छन् । उनले स्वतन्त्रताको उपयोग गर्ने नाममा सञ्चार माध्यमहरुले अराजकता फैल्याउने गतिविधिलाई प्राथमिकता दिन नहुने तर्क गरे ।

के भने मन्त्री बाँस्कोटाले बाँकी भिडियोबाटै

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ९ : ०५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका