बमसँगै राखेर विप्लव नेकपासँग वार्ता असम्भव : मन्त्री बाँस्कोटा (भिडियो सहित) « Khabarhub

बमसँगै राखेर विप्लव नेकपासँग वार्ता असम्भव : मन्त्री बाँस्कोटा (भिडियो सहित)


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हतियार बिसाएर आएमात्रै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता गर्ने दोहोर्‍याएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका भएका मन्त्री बास्कोटाले बमसँगै राखेर चन्द नेतृत्वको नेकपासँग वार्ताको कल्पना गर्न नसकिने पनि स्पष्ट पारे । नेपाल प्रेस इन्स्टिच्यूटले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री बाँस्कोटाले बम, बारुद बोकेर आतंक फैलाइरहेको चन्द नेतृत्वको नेकपाको पक्षमा समाचार सम्प्रेषण गरिएको भन्दै संचार माध्यामहरुप्रति पनि आक्रोश व्यक्त गरे ।

मन्त्री बास्कोटाले राष्ट्रिय हितमा केन्द्रित भएर मर्यादित पत्रकारिता गर्न पनि सबै संचार माध्यामलाई सचेत गराएका छन् । उनले स्वतन्त्रताको उपयोग गर्ने नाममा सञ्चार माध्यमहरुले अराजकता फैल्याउने गतिविधिलाई प्राथमिकता दिन नहुने तर्क गरे ।

के भने मन्त्री बाँस्कोटाले बाँकी भिडियोबाटै

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ९ : ०५ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ