डडेल्धुरामा बस दुर्घटना, ५ जनाको मृत्यु « Khabarhub

डडेल्धुरामा बस दुर्घटना, ५ जनाको मृत्यु


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font


डडेल्धुरा– डडेल्धुरामा आज बिहान भएको बस दुर्घटना हुँदा ५ जना मृत्यु भएको छ । २८ जना घाइते भएका छन् ।

भीमदत्त राजमार्गअन्तर्गत  गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे  ना ६ ख १८३१ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउनेकाहरुको सनाखत हुन बाँकी रहेको छ ।

धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटना भएको हो ।  घाइतेहरुको उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ ।

बस सडकबाट १०० मिटर तल खसेको जनाइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ७ : ३७ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण