आजदेखि राष्ट्रपति भण्डारीको राजकीय चीन भ्रमण, टोलीमा ५० जना सहभागी « Khabarhub

आजदेखि राष्ट्रपति भण्डारीको राजकीय चीन भ्रमण, टोलीमा ५० जना सहभागी


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–९ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोली आज(बुधबार) चीन प्रस्थान गर्दैछ।

राजकीय भ्रमणका क्रममा नेपालमा चीनको लगानी बढाउने र अनुदान सहयोग भित्र्याउन पहल हुनेछ । भ्रमणका क्रममा नेपालले रेलदेखि सुरुङमार्गसम्मका परियोजनाका विषयमा छलफल हुनेछ । त्यस्तै नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्बन्धी परियोजनाका विषयमा पनि छलफल हुनेछ । उक्त परियोजनाका लागि नेपालले ९ वटा सूची तयार पारेको छ ।

चीनबाट अन्तरदेशीय विद्युत प्रसारणलाइन विस्तार गर्ने, नौबिसे काठमाडौं सुरुङ मार्ग निर्माणलगायतका प्रस्ताव नेपालले तयार पारेको छ ।

त्यस्तै भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्ग रेलमार्गको विस्तृत अध्ययन प्रस्ताव राख्ने, हुम्ला जोडिने हिल्सा नाका र मुस्ताङसँग जोडिएको केरला नाका खोल्नेलगायतका विषयमा पनि कुराकानी हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति विद्या भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा दुई पक्षीय हीतका विषयमा कुराकानी हुनेछ । त्यस्तै दुवै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै भण्डारीले दोस्रो बीरआरआई सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यो सम्मेलनमा राष्ट्रपतिले नेपालको चासोबारे धारणा राख्ने कार्यतालिका छ । त्यस्तै राष्ट्रपतिलाई उच्च सम्मान दिइने छ ।

राष्ट्रपतिले नेतृत्व गर्ने ५० सदस्यीय टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसदहरू, उच्च सरकारी अधिकारीहरूलगायत सहभागी हुनेछन।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ८ : ३० बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका