२० स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता, भारत दोस्रो « Khabarhub

२० स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता, भारत दोस्रो


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पटना– २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ ।

पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन सङ्घको राष्ट्रिय टोलीले २० स्वर्ण पदक जितेको हो । अलइन्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोसिएसन अफ इन्डियाको सहयोगमा आयोजित च्याम्पियनसिपमा नेपाल प्रथम, भारत द्वितीय र बङ्गलादेश तृतीय भएको अलइन्डिया सितोरयो कराँते डो एकेडेमीका अध्यक्ष राजु थापाले जानकारी दिए ।

च्याम्पियनसिपमा नेपाली खेलाडी रुपा रानाले काता र कुमितेतर्फ दुइ स्वर्ण पदक प्राप्त गरिन् । रानाले १९ वर्षमाथिको सिनियर उमेर समूहतर्फ ५० केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरेकी हुन् । सुर्खेत गुरुबाकोट नगरपालिकाकी रानाले यसअघि भारतको पुनामा भएको प्रतियोगितामा समेत स्वर्ण पदक प्राप्त गरेकी थिइन् । रानासँगै सिनियरतर्फ सन्तु थारू ५५, छिरीङ गुरुङ ६५, दिलबहादुर बुढाथोकीले ७० केजी तौल समूहको स्पर्धामा नेपाललाई स्वर्ण पदक दिलाए ।

१९ वर्षमुनिको जुनियरतर्फको स्पर्धामा सञ्जय चौधरीले ७० केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरे । १७ वर्षमुनिको सव जुनियर उमेर समूहमा शिवानी बस्नेत ५०, डिबिन गुरुङ ५०, रोशन राना ६० र सुनिल रावलले ५५ केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरे ।

१४ वर्षमुनिको केडर उमेर समूहमा प्रियङ्का थापा ५५, इशा सारु ४०, शाहील गुरुङ ३५, जप्वन पुन ४०, मिलन श्रीस ४५, सरोज क्षेत्रीले ५५ केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरे । यसैगरी १० वर्षमुनिको ९सवकेडर० उमेर समूहमा अमीषा पोखरेल ३०, आदित्य क्षेत्री २०, विवेक सेन ठकुरी २५ र गौरव पौडेलले ३० केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक हात पारको मिसन सङ्घका केन्द्रीय सचिव गिरी पुनले जानकारी दिए ।

यसैगरी प्रतियोगितामा सिनियरतर्फ कुमिते र किक बक्सिङमा नेपालकी दिलमाया कोइराला, बिपीन राना र सञ्जयकुमार चौधरीले रजत पदक प्राप्त गरे । केडरतर्फ आकृति राना र प्रसुन शाहीले रजत पदक प्राप्त गरे भने नेपालका यमन सोती मगरले कास्य पदक हात पारे । भारत, बङ्गलादेश, भुटान, श्रीलङ्कालगायतका देशका २२१ खेलाडीले भाग लिएको च्याम्पियनसिपमा नेपालका २६ खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको कराँते महासङ्घ प्रदेश नं ५ का अध्यक्ष भरतबहादुर केसीले बताए ।

विदेशी भूमिमा जित हासिल गरेर खेलाडीले देशको नाम राखेकामा आफूलाई गर्व लागेको जापान गोजुरीयो कराँते डो मिसन सङ्घका संस्थापक तथा नेपाली टोलीका प्रमुख प्रशिक्षक केबी रानाले बताए । यसअघि भारतको पुनामा सम्पन्न च्याम्पियनसिपमा १४ स्वर्ण पदक तथा २०१७ मा दिल्लीमा सम्पन्न भएको साउथ एशियन च्याम्पियनसिपमा १७ स्वर्ण पदकसहित विजेता बनेको नेपालले फेरि इतिहास रचेकामा गौरव महसुस भएको मिसन सङ्घका रुपन्देही अध्यक्ष उमेश थापाले बताए।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १० : ४८ बजे

जनकपुरमा कांग्रेस प्रतिज्ञा सभाको तयारी (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा आज नेपाली कांग्रेसको प्रतिज्ञा सभा हुँदैछ । सभामा सभापति

बनेपा घटना : प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै

काठमाडौं– काभ्रेको बनेपामा आज भएको एक घटनामा आगलागी भएको टिपरमा

चार दलका घोषणापत्र : अझै सपनाको उडान झेल्दै स्वास्थ्य सेवा

आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न दलले

सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन

ढोरपाटन– एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ

उत्तरी जापानमा हिउँले पुरिएका तीन जनाको उद्धार

एजेन्सी– उत्तरी जापानमा बुधबार हिउँमा पुरिएका तीन जनालाई उद्धार गरिएको