मदिराले नै धानेको छ राजश्वको अधिकांश हिस्सा « Khabarhub

मदिराले नै धानेको छ राजश्वको अधिकांश हिस्सा


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


चितवन– आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस कार्यालयमा सङ्कलन हुने राजश्वको ८७ प्रतिशत हाराहारी वियर र मदिराको हुने गरेको छ ।

कार्यालयका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म सङ्कलन भएको कूल राजश्व  २० अर्ब चार करोड ७० लाख ८६ हजारमध्ये  १७ अर्ब ६७ करोड ९३ लाख ४१ हजार अन्तःशुल्कको रहेको छ । कार्यालयका सूचना अधिकारी धनेश्वर अर्यालका अनुसार वियर र मदिराबाहेक कोकाकोला, साबुन, सरफ, सुर्ती, रङ्गलगायतको एक प्रतिशत हुने भए पनि अरु सबै अन्तःशुल्क मदिराजन्य पदार्थको हो । ती उद्योगले मूल्य अभिवृद्धि कर, आयकरलगायतको राजश्व ठूला करदाता कार्यालयमा तिर्दै आएका छन् ।

गत आर्थिक वर्षको चैत महीनासम्ममा सो कार्यालयले  १४ अर्ब ४२ करोड ७५ लाख राजश्व सङ्कलन गरेकामा  १२ अर्ब ४१ करोड १६ लाख अन्तःशुल्कको रहेको थियो । अर्यालका अनुसार चितवनमा तीन वियर उद्योग छन् भने नवलपुरमा दुई रहेका छन् । त्यसैगरी ३ मदिरा उद्योग चितवनमा छन् भने ४ नवलपुरमा रहेका छन् ।

कूल सङ्कलन भएको अन्तःशुल्कमध्ये मदिराको भन्दा वियरको बढी हुने गरेको अर्यालले बताए । नेपालमा नै वियरमा सबैभन्दा बढी अन्तःशुल्क तिर्ने गोर्खाब्रुअरी यसै कार्यालयअन्तर्गत पर्दछ । त्यसैगरी यति, माउण्ट एभरेष्ट, शेर्पा र सिजी ब्रुअरीले यसै कार्यालयमा अन्तःशुल्क बुझाउँदै आएका छन् ।

मदिरातर्फ यति, मनकामना, देवचुली, श्री, युनाइटेड, सुमी र रोलिङ लिभर डिस्टिलरी यसै कार्यालयको क्षेत्राधिकारभित्र पर्दछ । ती कार्यालयले अन्तःशुल्क यहाँ बुझाउँछन् भने अन्य कर ठूला करदाता कार्यालयमा बुझाउने गर्दछन् ।

कार्यालयका प्रमुख सुवप्रसाद रिजाल अन्तःशुल्कको रकम ठूलो हुँदा अन्य क्षेत्रको राजश्व कम देखिएको भए पनि बढ्दो मात्रामा रहेको बताउँछन् । मदिराजन्य उद्योगले अन्तःशुल्क बढाउँदै लगेको बताउँदै उनले अन्य क्षेत्रको राजश्व पनि वार्षिक २० प्रतिशतभन्दा बढ्दो क्रममा रहेको बताए ।

कार्यालय दायरा फराकिलो पारेर राजश्व बढाउने अभियानमा लागिपरेको उनले बताए । देशकै मध्यभाग भएकाले ढुवानीका लागि सहज हुने हुँदा मदिराजन्य उद्योगसँगै अन्य उद्योग खोल्नका लागि यस क्षेत्र उपयुक्त देखिएको छ । मदिराजन्य र अन्य उद्योग खुल्ने क्रम पनि जारी रहेको रिजालले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ११ : २३ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष