‘एभेन्जर्स: इन्ड गेम’ को अग्रिम बूकिङ आक्रामक, केही मल्टिप्लेक्सका साइट ‘डाउन’ | Khabarhub Khabarhub

‘एभेन्जर्स: इन्ड गेम’ को अग्रिम बूकिङ आक्रामक, केही मल्टिप्लेक्सका साइट ‘डाउन’


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहुप्रतीक्षित हलिउड फिल्म ‘एभेन्जर्सः इन्डगेम’ आउँदो शुक्रवारबाट रिलिज हुँदैछ । रिलिजको दुई दिनअघि अग्रिम बुकिङ खुलेको यो फिल्मको  बूकिङ आक्रामक देखिएको छ । अग्रिम बुकिङ खुलाएका कतिपय मल्टिप्लेक्स हलका आधिकारिक वेबसाइट ‘डाउन’ भएका छन् ।

कुनै वेबसाइटको क्षमताभन्दा धेरै प्रयोगकर्ताले एकसाथ साइट खोले भने साइट डाउन हुने या सुस्त हुने गर्छ ।

मल्टिप्लेक्स हलमा सबैभन्दा ठूलो च्यानल भएको क्युएफएक्स सिनेमाको वेबसाइट ‘डाउन’ भएको छ । क्युएफएक्सले भने दिउँसो वेबसाइट अपग्रेड गर्न लागिएको बताएको थियो । बुधवार दिनभरि अपग्रेड गर्ने भनेको साइट साँझसम्म पनि खुलेन ।

क्युएफएक्सले फिल्मको अग्रिम बुकिङ खुलाएको थियो । तर, साइट ‘डाउन’ हुँदा दर्शकहरू‌ले आक्रोश व्यक्त गरेका छन् । केही प्रतीक्षित दर्शकले हलमा लाइन लागेर नै टिकट लिएका छन् ।

यस्तै कमलपोखरीमा रहेको बिग मुभिजको साइट पनि डाउन भएको छ । यो साइट पनि दिउँसो दिनभरि डाउन भयो । फिल्मको लामो समयदेखि प्रतीक्षा गरिरहेका दर्शकले बुधवार बूकिङ खुल्ने सूचना पाएपछि बिहानैदेखि यी साइट भिजिट गर्ने प्रयास गरेका छन् ।

यता दिउँसो चाबहिलमा रहेको एफक्युब सिनेमाजको साइट ढिलो खुल्ने समस्या आए पनि साँझ भने राम्रो चलिरहेको छ । यहाँका केही ‘शो’ मा टिकट सोल्ड आउट भइसकेका छन् ।

दरबार मार्गको क्युज सिनेमा र गोंगबुमा रहेको बीएसआर मुभिजका साइट भने खुलिरहेका छन् । यी हलमा पनि बूकिङ खुलेको छोटो समयमा नै धेरै टिकट विक्री भइसकेका छन् ।

यो फिल्मले छिमेकी देश भारतमा पनि आक्रामक बूकिङ गरेको थियो । भारतमा यो फिल्मको एक सेकेन्डमा १८ वटासम्म टिकट विक्री भएको भारतीय मिडियाले जनाएका छन् । यस्तै चीनमा पनि फिल्मको बूकिङ निकै आक्रामक देखिएको थियो । विश्वका कैयन् ठाउँमा यो फिल्मले टिकट बूकिङमा रेकर्ड नै बनाएको छ ।

‘एभेन्जर्सः इन्डगेम’ को नेपाली दर्शकमा पनि लामो समयदेखि प्रतीक्षा छ । फिल्ममा कैयन् सुपरहिरोहरु हुनेछन्, जो मार्भलको ब्रह्माण्डमा युद्ध गरिरहेका हुनेछन् ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ८ : १२ बजे

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ

‘भोजपुरे खुकुरी’को माग उच्च : बनाउने कालीगढको चरम अभाव

भोजपुर– परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै

धरान पुगेर मेयर हर्कले भने- ‘भारतीय दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएँ’

काठमाडौं – धरान उपमहानगरका मेयर हर्क साम्पाङले देशको नेतृत्वको जिम्मेवारी

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका