आठौं राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा पुलिसलाई स्वर्ण « Khabarhub

आठौं राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा पुलिसलाई स्वर्ण


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुषतर्फ भलिबलमा नेपाल पुलिसले क्लबले स्वर्ण पदक हात पारेको छ ।

खजुरा नगरापालिकास्थित शुक्र भलिबल एकेडेमीमा भएको फाइनल खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । पुसलसले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५-१८ ले जितेको पुलिसले दोस्रो सेट २३-२५ ले गुमाएको थियो । त्यसपछि पुलिसले लगातार दुई सेट २५-२० र २५-१८ ले जित्दै उपाधि पोल्टामा पारेको हो ।

महिला भलिबलको स्वर्ण भने अर्को विभागीय टिम एपीएफले जितेको छ । आजै तेस्रो स्थानका लागि भएको खेलमा एपीएफ विजयी भयो । एपीएफले गण्डकी प्रदेशलाई ३-२ को सेटमा पराजित गर्यो ।

सुरुवाती दुई सेट गुमाएको एपीएफले खेलमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १२ : ४९ बजे

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा