चीनको रासायनिक कारखानामा विष्फोट हुँदा ३ जना मारिए « Khabarhub

चीनको रासायनिक कारखानामा विष्फोट हुँदा ३ जना मारिए


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनको भित्री मङ्गोलिया क्षेत्रमा रहेको एक रासायनिक कारखानामा भएको विष्फोटमा तीन जनाएको ज्यान गएको छ ।

भित्री मङ्गोलियाको उलानचाब शहरमा रहेको एक निजि रासायनिक कारखानामा विष्फोट हुँदा अरु ५ जना घाइते भएका चिनको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बुधबार सबेरै २ बजेर ५५ मिनेटको समयमा उलानचाब शहरमा रहेको डोङ्सीङ केमीकल कारखानामा विष्फोट हुँदा आगलागी समेत भएको थियो ।

चीनमा बेलाबेला औद्योगिक दुर्घटनाहरु हुँदै आएका छन् । गत मार्च महिनामा मात्रै चीनको जियाङ्सु प्रान्तमा रहेको रासायनिक कारखानामा विष्फोट हुँदा ८५ जनाको ज्यान गएको थियो ।

यस्ता औद्योगिक दुर्घटनापछि चीनमा औद्योगिक सुरक्षामा कडाई गर्न चिन सरकारसमक्ष तीब्र दबाब रहेको बताइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  २ : ०६ बजे

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.